बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • युक्रेनमाथि रुसले हवाई बम हमला गर्नसक्ने अमेरिकाको चेतावनी

युक्रेनमाथि रुसले हवाई बम हमला गर्नसक्ने अमेरिकाको चेतावनी

रुसले युक्रेनमाथि जुनसुकै बेला आक्रमण गर्न सक्ने अमेरिकले चेतावनी दिएको छ। रुसले जुनसुकै बेला आक्रमण गर्नसक्ने भएकाले आफ्ना नागरिकलाई युक्रेन छाडन अमेरिकाले फेरि ताकेता गरेको छ।
 |  शनिबार, माघ २९, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ २९, २०७८

वासिङ्टन - रुसले युक्रेनमाथि जुनसुकै बेला आक्रमण गर्न सक्ने अमेरिकले चेतावनी दिएको छ। रुसले जुनसुकै बेला आक्रमण गर्नसक्ने भएकाले आफ्ना नागरिकलाई युक्रेन छाडन अमेरिकाले फेरि ताकेता गरेको छ। 

National life

अमेरिकाले युक्रेनस्थित अमेरिकी दूतावासका अत्यावश्यक काममा रहेकाबाहेकका सबै कर्मचारीहरुलाई फिर्ता आउन निर्देशन दिएको छ।

रुसले हवाई आक्रमण गरी युक्रेनविरुद्ध युद्ध छेडनसक्ने अमेरिकी अधिकारीहरुको भनाइ उद्धृत गर्दै बीबीसीले जनाएको छ। युक्रेन बोर्डरमा एक लाख सेना तैनाथ गरे पनि आक्रमण नगर्ने रुसले दाबी गर्दै आएको छ।

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लहाकार जेक सुलिभानले रुसी सेनाले युक्रेनविरुद्ध जुनसुकै बेला आक्रमण गर्न सक्ने बताए। अमेरिकाले अन्य मुलुकहरुलाई पनि आफ्ना नागरिकलाई युक्रेनबाट फिर्ता बोलाउन आग्रह गरेको छ।

बेल्जियमले युक्रेनमा रहेका आफ्ना नागरिकलाई फिर्ता बोलाइसकेको छ। बेलायत, अष्ट्रेलिया, क्यानडा र नेदरल्याण्डले समेत आफ्ना नागरिकलाई तत्काल युक्रेन छाड्न आग्रह गरेको छ। 

प्रकाशित: Feb 12, 2022| 20:40 शनिबार, माघ २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।