आइतबार, फागुन २४, २०८२

पेरुमा बस दुर्घटना २० जनाको मृत्यु, ३३ घाइते

क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समय अनुसार बुधबार टायबाम्बा र ह्वान्कास्पाटाको एन्डियन शहरहरू बीचको ग्रामीण क्षेत्रमा दुर्घटना भएको जनाएको छ।
 |  शुक्रबार, माघ २८, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २८, २०७८

लिमा- उत्तरी पेरुको ला लिबर्टाड विभागको पाटज प्रान्तमा बुधबार एक यात्रुवाहक बस करिब १०० मिटर गहिरो खाडलमा खस्दा कम्तीमा २० जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन्। 

National life

क्षेत्रीय स्वास्थ्य विभागले स्थानीय समय अनुसार बुधबार टायबाम्बा र ह्वान्कास्पाटाको एन्डियन शहरहरू बीचको ग्रामीण क्षेत्रमा दुर्घटना भएको जनाएको छ। रिपोर्टका अनुसार पिकाफ्लोर कम्पनीको अन्तरप्रदेशीय बस तायबाम्बाबाट ला लिबर्टाडको राजधानी ट्रुजिलो जाँदै गर्दा सडकबाट चिप्लिएको थियो।

नजिकैका शहरहरूमा बस्ने मानिसहरू घाइते यात्रुहरूलाई मद्दत गर्न घटनास्थलमा पुगेका थिए, जसलाई तायबाम्बा, ह्वान्कासपाटा र ट्रुजिलोका स्वास्थ्य केन्द्रहरूमा लगिएको थियो।

राष्ट्रिय प्रहरी र सरकारी वकिलको कार्यालयका कर्मचारीले शव हटाउने र अनुसन्धान शुरु गर्ने जिम्मा लिएका थिए।  सिन्ह्वा

प्रकाशित: Feb 11, 2022| 11:06 शुक्रबार, माघ २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।