बिहीबार, साउन ७, २०८३

भारतमा फेसबुक लाइभ गरेर व्यापारीले विष पिए

भारत उत्तर प्रदेशको बागपतमा एक व्यापारीले फेसबुक लाइभ गरेर विष सेवन गरेका छन्।
 |  बिहीबार, माघ २७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २७, २०७८

नयाँ दिल्ली- भारत उत्तर प्रदेशको बागपतमा एक व्यापारीले फेसबुक लाइभ गरेर विष सेवन गरेका छन्।

केन्द्र र राज्य सरकारको आर्थिक नीतिप्रति निराश भएका जुत्ता व्यापारीले आफ्नो ज्यान लिने कोसिस गरेका हुन्। लाइभमा उनले सरकारले लगाएको जीएसटी र नोटबन्दीको नीतिले आफूहरुजस्ता साना व्यापारी मर्नु न बाँच्नुको अवस्थामा पुगेको बताएका छन्।

स्वास्थ्य गम्भीर अवस्था गम्भीर भएका ती व्यापारीलाई अस्पताल लगिएको छ। पतिले विष सेवन गरेपछि पत्नी उनलाई बचाउने प्रयासमा लागिन्। तर, पति नबाँच्ने देखेपछि हतास भएर आफूले पनि विष सेवन गरिन्। पति बाँचे, पत्नीको भने मृत्यु भएको छ।

बीबीसीका अनुसार विष सेवन गर्ने व्यापारी राजीव तोमर हुन्। उनी जुत्ताका थोक व्यापारी हुन्।

लाइभ भिडियोमा राजीव विषको प्याकेट खोलेर खाइरहेका देखिन्छन्। रुँदै–आत्तिँदै पत्नी पुनम पतिको मुखमा हात हालेर बान्ता गराउने कोसिस गर्छिन्। राजीव भन्छन्, ‘मेरो मृत्युको जिम्मेवार मोदी हुन्। साना व्यापारी र किसानको हितमा काम गरेका छैनन् मोदीले। म भगवानमा विश्वास गर्छु तर मोदी गर्छन् कि गर्दैनन् थाहा छैन।’

पत्नीले भनेकी छन्, ‘मोदीले तिम्रो कुरा नसुने पनि मेरो त कुरा सुन। सरकारले तिम्रो कुरा मान्दैन तर म तिमीले जे भने पनि मान्छु। प्लिज यस्तो नगर।’

पतिको अवस्था बिग्रिँदै गएपछि पुनमले पनि विष सेवन गर्छिन्। यो कुरा भने भिडियोमा देखिँदैन।

प्रकाशित: Feb 10, 2022| 09:28 बिहीबार, माघ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।