आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतमा एकै दिन ७१ हजार भन्दाबढी कोरोना संक्रमित थपिए, १२ सयको मृत्यु

भारतमा एकै दिन ७१ हजार भन्दाबढी कोरोना संक्रमित थपिए, १२ सयको मृत्यु

संघीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु एक हजार २१७ जनाको मृत्यु भएको जनाएको छ। यससँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या पाँच लाख पाँच हजार २७९ पुगेको छ।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

नयाँ दिल्ली-  भारतमा कोरोनाभाइरसका कारण पछिल्लो एक दिनमा थप ७१ हजारभन्दा बढी संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार गत २४ घण्टामा ७१ हजार ३५६ जना नयाँ संक्रमित भएका हुन्।

National life

संघीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा अरु एक हजार २१७ जनाको मृत्यु भएको जनाएको छ। यससँगै भारतमा अहिलेसम्म कुल मृतकको संख्या पाँच लाख पाँच हजार २७९ पुगेको छ। 

नयाँ संक्रमितहरुको संख्या निकै कम हुदै गएपछि अहिले भारतमा संक्रमित अवस्थामै रहेकाहरुको संख्या आठ लाख ९२ हजार ८२८ पुगेको छ। 

सोही अवधिमा एक लाख ७२ हजार २११ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्। यससँगै अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल संख्या चार करोड १० लाख १२ हजार ८६९ पुगेको छ।   एएनआई

प्रकाशित: Feb 09, 2022| 13:43 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।