आइतबार, फागुन २४, २०८२

भारतमा दैनिक संक्रमितको संख्या घट्ने क्रममा

महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको सोमबार दोस्रो दिन हो। कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितहरुको संख्या एकाएक बढेको थियो।
 |  बुधबार, माघ २६, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ २६, २०७८

नयाँ दिल्ली- भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या घट्न थालेको छ। संघीय स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ६७ हजार ५९७ जना संक्रमित भएका छन्। यसैसँगै भारतमा कोरोनाका कुल संक्रमितको संख्या चार करोड २३ लाख ३९ हजार ६११ पुगेको छ।

National life

महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक संक्रमितको संख्या एक लाखभन्दा कम भएको  सोमबार  दोस्रो दिन हो। कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि संक्रमितहरुको संख्या एकाएक बढेको थियो।  

पछिल्लो एक दिनमा भारतमा कोरोनाकै कारणले मात्रै एक हजार १८८ जनाको मृत्यु भएको छ। यसैसँगै कोरोना सुरु भएयता हालसम्म पाँच लाख ४ हजार ६२ जनाको मृत्यु भएको पनि समाचारमा जनाइएको छ। 

सोही अवधिमा कोरोना भाइरसबाट संक्रमणमुक्त भएकाहरुको संख्या भने एक लाख ८० हजार ४५६ रहेको छ। यसैसँगै हालसम्म कोरोना भाइरसबाट चार करोड ८४ हजार ६५८ जना निको भएका छन्। एउटै अवधिमा नयाँ संक्रमितको संख्या भन्दा संक्रमणमुक्त भएकाहरुको संख्या दोब्बर भन्दा बढी रहेको छ। त्यसैले सक्रिय संक्रमितहरुको संख्या पनि घट्दै गएको छ। भारतमा अहिले संक्रमित अवस्थामै रहेकाहरुको कुल संख्या ९ लाख ९४ हजार ८९१ रहेको मन्त्रालयले जनाएको छ।  सिन्ह्वा

प्रकाशित: Feb 09, 2022| 06:20 बुधबार, माघ २६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।