आइतबार, फागुन २४, २०८२

युक्रेन पुग्यो बेलायती विषेश फौज

रुसले युक्रेनको सिमा क्षेत्रमा ठूलो मात्रामा सैनिक परिचालन गरेको चर्चा चलिरहेका बेला बेलायती विषेश फौजका सदस्यहरु त्यहाँ पुगेका हुन्।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

लन्डन- बेलायती विषेश फौजका १०० भन्दा बढी सदस्य युक्रेन पुगेका छन्। उनीहरु युक्रेन र रुसको सिमा क्षेत्रमा पर्ने डोनबसमा पुगेको पनि अधिकारीहरुले मंगलबार जानकारी दिएका छन्।

National life

रुसले युक्रेनको सिमा क्षेत्रमा ठूलो मात्रामा सैनिक परिचालन गरेको चर्चा चलिरहेका बेला बेलायती विषेश फौजका सदस्यहरु त्यहाँ पुगेका हुन्। 

युक्रेनका एक उच्च अधिकारीले पनि बेलायतबाट आफुहरूले १०० जनाभन्दा बढी सुरक्षाकर्मी प्राप्त गरेको पुष्टि गरेका छन्। 

रुस, युक्रेन र पश्चिमा विश्व बीचको तनाव झण्डै ८ वर्षअघि देखिएको हो। त्यतिबेला रुसले युक्रेनको दक्षिणी क्रिमिया प्रायद्वीपलाई आफ्नो भूगोलमा गाभेको थियो।

रुसले पूर्वी डोनबस क्षेत्रमा रक्तपातपूर्ण विद्रोह गरिरहेको समूहलाई सघाइरहेको आरोप पश्चिमी मुलुकहरूले लगाएका छन् भने रूसले यसलाई अस्वीकार गर्दै आएको छ। त्यही क्षेत्रमा रुसले अहिले एक लाखभन्दा धेरै सैनिक तैनाथ गरेको बताइएको छ।

Laxmi sunrise bank
kumari

सैनिक तैनाथ भएकाले रुसले युक्रेनमा आक्रमण गर्ने तयारी गरिरहेको दाबी यूरोप तथा कतिपय अमेरिकी मुलुकहरूले गरिरहेका छन्। तर रुसले उनीहरूको दावीमा सत्यता नरहेको भन्दै आक्रमण गर्ने तयारी नभएको बताउँदै आएको छ।

प्रकाशित: Feb 08, 2022| 22:00 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।