आइतबार, फागुन २४, २०८२

महाभारतका 'भीम'को मृत्यु

जानकारीका अनुसार अभिनेता लामो समयदेखि रोग र आर्थिक संकटसँग जुधिरहेका थिए। प्रवीण कुमार सोबतीले अभिनयको दुनियाँमा मात्रै नभई खेलकुदको दुनियाँमा पनि धेरै नाम कमाएका थिए।
 |  मंगलबार, माघ २५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २५, २०७८

काठमाडौं- बीआर चोपडाको पौराणिक शो 'महाभारत' मा भीमको भूमिका निभाएका अभिनेता प्रवीण कुमार सोबतीको ७४ वर्षको उमेरमा निधन भएको छ।

National life

जानकारीका अनुसार अभिनेता लामो समयदेखि रोग र आर्थिक संकटसँग जुधिरहेका थिए। प्रवीण कुमार सोबतीले अभिनयको दुनियाँमा मात्रै नभई खेलकुदको दुनियाँमा पनि धेरै नाम कमाएका थिए।

एसियाली खेलकुदमा भारतको प्रतिनिधित्व गरेका प्रवीण कुमार

तस्बिर सामाजिक सञ्जाल

प्रवीण कुमार सोबती आफ्नो कदका कारण जनतामाझ निकै चर्चित थिए। उनी अभिनेताका साथै एथलीट पनि थिए। उनले ह्यामर र डिस्क थ्रोमा धेरै पदक जितिसकेका छन्। बीएसएफका पूर्व डेपुटी कमाण्डेन्ट रहेका प्रवीणले एसियाली र कमनवेल्थ गेम्समा पनि भारतको प्रतिनिधित्व गरिसकेका छन्।

Laxmi sunrise bank
kumari

उनले हङकङमा भएको एसियाली खेलकुदमा भारतका लागि स्वर्ण पदक जितेका थिए। उनले सन् १९६० र ७० को दशकमा एथलेटिक्समा पनि निकै लोकप्रियता हासिल गरेका थिए।

५० भन्दा बढी फिल्ममा काम गरिसकेका प्रवीण

एसियाली खेलकुद र ओलम्पिकमा गरेको प्रदर्शनका कारण प्रवीण यति लोकप्रिय भए कि बीआर चोपडाले भीमको भूमिकाका लागि उनलाई भेट्ने इच्छा व्यक्त गरे।
अभिनयमा भाग्य आजमा नगर्ने प्रवीणले क्यारेक्टरको बारेमा थाहा पाएपछि बीआर चोपडालाई भेट्न पुगे। प्रवीणकुमारको कद देखेर उनले भने, ‘भीम भेटिएको छ।’ यहीँबाट प्रवीणको अभिनय करियर सुरु भयो।

प्रकाशित: Feb 08, 2022| 12:17 मंगलबार, माघ २५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।