आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानको दक्षिणपश्‍चिममा विद्रोही र सेनाबीच झडप, कम्तीमा सात सैनिकको मृत्यु

पाकिस्तानको दक्षिणपश्‍चिममा विद्रोही र सेनाबीच झडप, कम्तीमा सात सैनिकको मृत्यु

पाकिस्तानको तनाबग्रस्त क्षेत्र मानिएको बालोचिस्तान प्रान्तमा भएको सशस्त्र झडपमा सात पाकिस्तानी सैनिक र कम्तीमा १३ जना आतंककारी मारिएका सेनाले बिहीबार जनाएको छ।
 |  शुक्रबार, माघ २१, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २१, २०७८

इस्लावाद- पाकिस्तानको तनाबग्रस्त क्षेत्र मानिएको बालोचिस्तान प्रान्तमा भएको सशस्त्र झडपमा सात पाकिस्तानी सैनिक र कम्तीमा १३ जना आतंककारी मारिएका सेनाले बिहीबार जनाएको छ। 

National life

यद्यपि विद्राहीहरूले लडाईँ अझै जारी रहेको र झडपमा दर्जन बढी सैनिकको मृत्यु भएको दाबी गरेका छन्। बालोच विद्रोहीहरूले गत महिना लाहोरको पूर्वमा रहेको ठूलो सहरमा भएको घातक बम विस्फो सहित हालैका हप्ताहरूमा पाकिस्तानी सेनाविरुद्ध आक्रमण बढाएका छन्।

इरान र अफगानिस्तानसँग सिमाना जोडिएको तेल र ग्यासका लागि धनी मानिएको बालोचिस्तानको नौशकी र पन्जगुर जिल्लामा पाकिस्तानी सेनामाथि बुधबार आक्रमण भएपछि झडप भएको आन्तरिक मन्त्री शेख राशिद अहमदले बताए। 

दुई छुट्टाछुट्टै आक्रमणमा जम्मा सात जना सिपाही र १३ जना विद्रोही मारिएको पाकिस्तानी सेनाले पुष्टि गरेको छ। तथापि, विद्रोहीले आफ्नो टेलिग्राम च्यानलमार्फत् दिएको जानकारीमा बालोच लिबरेसन आर्मी (बीएलए) ले पाकस्तानी सुरक्षाकर्मीको शिविरहरूमा भएको आक्रमणमा दर्जनौं पाकिस्तानी सेनाको हत्या गरेको दाबी गरेको छ।

बिहीबारको अन्ततिर बीएलएले नौशकीमा सरकारी सेनाहरूमाथि गरिएको आक्रमण ‘सफलतापूर्वक पूरा’ भएको र ‘एक अधिकृतसहित पाकिस्तानी सेनाका कम्तीमा १०० कर्मचारीहरू परेको विद्रोहीले दावी गरेको छ।

Laxmi sunrise bank
kumari

पाकिस्तानका एक वरिष्ठ सैनिक अधिकृतले उक्त दाबीलाई ‘झूटो’ दाबी भएको बताए। आक्रमणमा बीएलएले आफ्ना नौ जना सदस्यहरूको मृत्यु भएको पुष्टि गरेको छ भने पन्जगुरमा अझै झडप चलिरहेको बताएको छ। 

एक स्थानीय संवाददाताले एएफपीसँग बताएअनुसार प्रहरी र अर्धसैनिक गस्तीलाई लक्षित गरी आक्रमण भएको र आक्रमण पछि मोबाइल फोन तथा नेट पनि बन्द भएको बताए।

 प्रधानमन्त्री इमरान खानले ट्विटरमा पाकिस्तान ‘पाकिस्तानी जनताको सुरक्षाको लागि ठूला त्यागहरू गरिरहने हाम्रा सुरक्षा बलको पछाडि सबै एकजुट भएको’ बताएका छन्।  

बलोचिस्तानको केच जिल्लामा जाँचचौकीमा भएको आगलागीमा दस पाकिस्तानी फौजको मृत्यु भएको एक हप्तापछि यो आक्रमण भएको छ। बलोचिस्तान पाकिस्तानको सबैभन्दा ठूलो, कम जनसंख्या भएको र गरिब प्रान्त हो। 


प्रकाशित: Feb 04, 2022| 01:00 शुक्रबार, माघ २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।