आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • काबुलमा विद्यूत आपूर्तिको समस्या, ५८० भन्दा कम्पनी बन्द हुने अवस्थामा

काबुलमा विद्यूत आपूर्तिको समस्या, ५८० भन्दा कम्पनी बन्द हुने अवस्थामा

अफगानिस्तानी उद्योग तथा खानी कक्ष (एआईएमसी) शेरबाज कामिन्जाडाले बुधबार स्पुत्निकसँग भने, 'उद्यमहरू नियमित हुन नसक्दा करिब चार हजार ५०० कामदारहरूले आफ्नो रोजगारी गुमाउने अवस्था आएको छ।'
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काबुल- नियमित विद्यूत आपूर्तिको कमीका कारण अफगानिस्तानको राजधानी शहर काबुलमा कम्तीमा ५८० उद्योगहरूको नियमित उत्पादन बन्द हुने अवस्थामा पुगेको बताइएको छ।

National life

अफगानिस्तानी उद्योग तथा खानी कक्ष (एआईएमसी) शेरबाज कामिन्जाडाले बुधबार स्पुत्निकसँग भने, 'उद्यमहरू नियमित हुन नसक्दा करिब चार हजार ५०० कामदारहरूले आफ्नो रोजगारी गुमाउने अवस्था आएको छ।'

राजधानी सहर काबुलमा विद्यूतको अभाव भएको गुनासोबीच मध्य एशियाली राज्यहरू उज्वेकिस्तान, कजाकिस्तान र किर्गिस्तान समावेश भएको विद्युत प्रणालीमा पाइने प्राविधिक समस्याका कारण उज्बेकिस्तानबाट विद्युत प्रसारण रोकिएको टोलो न्यूजले बतायो।

सन् २०२१ को नोभेम्बरमा अफगान राष्ट्रिय ऊर्जा कम्पनीले अफगानिस्तानलाई आवश्यक पर्ने ऊर्जाको मात्रा ८५० मेगावाट रहेको उल्लेख गरेको थियो। छिमेकी मुलुकहरूबाट ६२० वाट ऊर्जा उपलब्ध गराइएको स्पुतनिकले जानकारी दिए।

यसअघि जनवरीमा उज्बेकिस्तानले अफगानिस्तानमा विद्युत् आयात घटाएको थियो। जसका कारण अफगानिस्तानका विभिन्न प्रान्तमा विद्युत् आपूर्तिमा अवरोध उत्पन्न भएको हो। जनवरी २५ मा यस क्षेत्रमा ठूलो विद्युत अवरोध हुँदा उज्बेकिस्तानले अफगानिस्तानमा  निर्यात विद्यूतलाई काटेको थियो भने यसलाई मंगलबारदेखि पुनः स्थापित गरिएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 03, 2022| 05:20 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।