बिहीबार, साउन ७, २०८३

तान्जानियाको सभामुखका महिला नेतृ निर्वाचित

तान्जानियाको सभामुखका ४५ वर्षीया महिला नेतृ निर्वाचित भएकी छन्। तत्कालीन उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित भएकी हुन्। उनी देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन्।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

तान्जानिया- तान्जानियाको सभामुखका ४५ वर्षीया महिला नेतृ निर्वाचित भएकी छन्। तत्कालीन उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित भएकी हुन्। उनी देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन्।

तत्कालिन सभामुखले सरकारद्वारा प्रस्तुत एक विधेयकमा गलत भूमिका खेलेको भन्दै आलोचना भएपछि उनले राजिनामा दिएकी थिइन्। उनको ठाउँमा अक्सन निर्वाचित भएकी हुन्।

नवनिर्वाचित सभामुख अक्सन सत्तारुढ दल चामा चा मापिन्डुजी (सिसिएम) पार्टीकी नेतृ हुन्। उनी तान्जानियाको आठौं सभामुख भएकी छन्। महिला नेतृबाट सभामुख निर्वाचित भएको भने यो दोस्रो पटक हो।  

पूर्वी अफ्रिकी मुलुक तान्जानियाको सभामुखमा निर्वाचित भएपछि अक्सनले संसदलाई चलायमान र सवैको साझा थलोका रुपमा स्थापित गराउने प्रतिवद्धता जनाए।

प्रकाशित: Feb 03, 2022| 01:30 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।