बिहीबार, साउन ७, २०८३

दक्षिण सुडानमा पाँच जना राष्ट्रसंघीय सहायताकर्मी मारिए

संयुक्त राष्ट्रसंघले गएको वर्ष मात्र दक्षिणी सुडानमा पाँच जना सहायताकर्मी मारिएको बताएको छ। संयुक्त राष्ट्रसंघले यो समेत गरी सन् २०१३ देखि दक्षिण सुडानमा १२९ जना सहायताकर्मी मारिएका जनाएको हो।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

न्युयोर्क- संयुक्त राष्ट्रसंघले गएको वर्ष मात्र दक्षिणी सुडानमा पाँच जना सहायताकर्मी मारिएको बताएको छ। संयुक्त राष्ट्रसंघले यो समेत गरी सन् २०१३ देखि दक्षिण सुडानमा १२९ जना सहायताकर्मी मारिएका जनाएको हो।

मंगलबार संयुक्त राष्ट्रसंघको मानवीय सहयतासम्बन्धी निकायले विज्ञप्ति प्रकाशन गरेर सो कुरा जानकारी गराएको हो।

उक्त संयुक्त राष्ट्रसंघीय निकायले गत वर्षमात्र आफ्ना पाँच जना कर्मचारीले ज्यान गुमाएका र अरु कैयौँ अपहरण गरी पछि मुक्त गरिएको जनाएको छ। 

दक्षिण सुडानमा सन् २०१३ बाट हिंसा सुरु भएयता धेरै नागरिकको ज्यान गएको छ। साथै यहाँ संयुक्त राष्ट्रसंघको मानवीय सहायताका क्षेत्रमा कार्यरत सहायताकर्मीहरु पनि मारिने क्रम जारी रहेको छ।

प्रकाशित: Feb 03, 2022| 00:30 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।