बिहीबार, साउन ७, २०८३

नवाज सरिफमा मानसिक समस्या

बेलायतमा निर्वासित जीवन बिताइरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफमा मानसिक समस्या देखिएको छ।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- बेलायतमा निर्वासित जीवन बिताइरहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफमा मानसिक समस्या देखिएको छ। चिकित्सकका अनुसार सरिफमा मानसिक समस्या देखिएको हो।

उनमा स्वास्थ्य समस्या देखिएकाले बेलायत छाडेर जाने अनुमति दिन नसकिने चिकित्सकहरूले आफ्नो रिपोर्टमा उल्लेख गरेका छन्। उनीमा मानसिक समस्या रहेको पुष्टि भएको रिपोर्ट पाकिस्तानको लाहोरस्थित उच्च अदालतमा दर्ता गराइएको छ। 

पूर्वप्रधानमन्त्री सरिफमा स्वास्थ्य समस्या रहेको उनका फिजिसियन डा. फयाज सलले बताएका छन्। कोरोना महामारीको अवस्थामा सरिफलाई विमानस्थललगायत सार्वजनिक क्षेत्रमा जानु पनि खतरनाक हुने रिपोर्टमा लेखिएको छ। उनको शरीरको एन्जियोग्राफी पूरा नहुन्जेल अस्पतालबाट डिस्चार्ज गर्न नसकिने रिपोर्टमा उल्लेख छ।

पाकिस्तानमा सरिफविरुद्ध कानूनी कारवाहीको तयारी भइरहँदा उनका चिकित्सकको रिपोर्ट आएको हो।

प्रकाशित: Feb 02, 2022| 09:41 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।