आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन सकिने फाइजरको संकेत

पाँच वर्षमुनिका बालबालिकालाई खोप लगाउन सकिने फाइजरको संकेत

द न्यु योर्क टाइम्स तथा अन्य सञ्चारमाध्यमहरूले मंगलबारको सुरुतिर पाँच वर्षमुनिका र छ महिनामुनिका बालकालिकाका लागि दुई थरी खोप लगाउने प्रबन्धको लागि आकस्मिक अनुमति माग्न सक्ने जनाएका हुन्।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

काठमाडौं- फाइजर र बायोएनटेकले चाँडै अमेरिकी स्वास्थ्य नियामक संस्थाहरूलाई पाँच वर्ष र त्यसभन्दा कम उमेरका बालबालिकाका लागि कोभिड-१९ खोपको आपतकालीन प्रयोग गर्न अनुमति माग्ने तयारी गरेका अमेरिकी सञ्चारमाध्यमले मंगलबार जनाएका छन्।

National life

द न्यु योर्क टाइम्स तथा अन्य सञ्चारमाध्यमहरूले मंगलबारको सुरुतिर पाँच वर्षमुनिका र छ महिनामुनिका बालकालिकाका लागि दुई थरी खोप लगाउने प्रबन्धको लागि आकस्मिक अनुमति माग्न सक्ने जनाएका हुन्।

यो कदम संयुक्त राज्य अमेरिकामा ओमिक्रोनको लहर घट्दै गएकोले आएको हो। अमेरिकी अविभावकले अझै पनि स्कूल बन्द गर्ने सरकारी निर्णय र आफ्ना खोप नलगाएका छोराछोरीको स्वास्थ्य चिन्ता लिएर बस्न बाध्य छन्।

गत महिना खाद्य तथा औषधि प्रशासनले १२ वर्षका बालबालिकाका लागि फाइजरको कोभिड-१९ बूस्टर मात्रालाई अनुमोदन गरेको थियो। तर रोग नियन्त्रण तथा रोकथाम केन्द्रका अनुसार यस उमेर समूहमा खोप लगाउने दर तुलनात्मक रूपमा २२ प्रतिशतभन्दा कम छ। एएफपी

प्रकाशित: Feb 02, 2022| 06:39 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।