आइतबार, फागुन २४, २०८२

क्यानाडाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडोलाई कोरोना संक्रमण भएको छ। उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

टोरन्टो- क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रयुडोलाई कोरोना संक्रमण भएको छ। उनले सोमबार आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएका छन्। उनले ट्विटर गरेर आफू कोभिड पोजिटिभ भएको कुरा सार्वजनिक गरेका हुन्।

National life

उनले भनेका छन्, 'मलाई कोभिड पोजिटिभ देखिएको छ, तर मेरो स्वास्थ्य अवस्था ठिक छ, म जनस्वास्थ्यका मापदण्डको पालना गरेर अर्को हप्तादेखि काममा निरन्तर रुपमा लाग्ने छु।'

उनले सोही ट्विटरमा क्यानाडाली नागरिकहरुलाई कोरोना विरुद्धको खोप लगाउन आग्रह पनि गरेका छन्।

उनले गत हप्ता आफ्नो एकजना बच्चालाई कोभिड देखिएको र त्यसपछि आफू आइसोलेसनमा बसेर घरबाटै काम गरिरहेको जानकारी पनि ट्विटरबाटै गराएका छन्।

प्रकाशित: Feb 02, 2022| 00:10 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।