आइतबार, फागुन २४, २०८२

३२ जनाको मृत्यु हुने गरी संक्रमण गराउने लासा ज्वरो के हो?

अफ्रिकी मुलुकमा वार्षिक एकदेखि तीन लाखमा संक्रमण देखिन्छ भने पाँच हजारको मृत्यु हुने गरेको छ। यो इन्डेमिक संक्रमणको एक हिस्सा भएको बताइएको छ।
 |  बुधबार, माघ १९, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, माघ १९, २०७८

नाइजेरिया- नाइजेरियामा लासा ज्वरोको प्रकोपले यस वर्षको सुरुदेखि हालसम्म कम्तीमा ३२ जनाको ज्यान गएको सरकारी अधिकारीले गत सोमबार जनाएको छ। 

National life

नाइजेरिया सेन्टर फर डिजिज कन्ट्रोल (एनसीडीसी) का अनुसार, पुष्टि भएका घटनाहरूको संख्या ७४ पुगेको र सोही अवधिमा कुल ७५९ संदिग्ध घटनाहरु पनि देखिएको थियो।

जनवरी २६ मा स्वास्थ्य अधिकारीहरूले हालैको प्रकोपको प्रतिक्रियामा राष्ट्रव्यापी लासा ज्वरो आपतकालीन अपरेशनहरू सक्रिय गरेको बताएका छन्। 

एनसीडीसीले मृत्यु दर कम गर्न राज्य जनस्वास्थ्य टोलीहरूलाई सहयोग गर्न प्रतिबद्ध रहेको बताएको छ। 

रोग नाइजेरियामा वर्षैभरि देखा पर्दछ, तर सुख्खा मौसममा धेरै देखा पर्ने जनाइएको छ। यो रोगबाट गत वर्ष नाइजेरियामा कम्तीमा ८० जनाको ज्यान गएको एनसीडीसीले जनाएको छ। 

Laxmi sunrise bank
kumari

यो अफ्रिकी मुलुकहरु नाइजेरियाका साथै सेना लियोन, लाइबेरिया, गुनियालगायतका मुलुकमा देखा परेको छ। यसको संक्रमण पहिलो पटक सन् १९६९ मा नाइजेरियामा देखा परेको थियो। 

अफ्रिकी मुलुकमा वार्षिक एकदेखि तीन लाखमा संक्रमण देखिन्छ भने पाँच हजारको मृत्यु हुने गरेको छ। यो इन्डेमिक संक्रमणको एक हिस्सा भएको बताइएको छ।

प्रकाशित: Feb 02, 2022| 05:05 बुधबार, माघ १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।