आइतबार, फागुन २४, २०८२

पार्टीमा सहभागी भएका बेलायती प्रधानमन्त्रीले माफी मागे

कोरोना महामारीका बेला पार्टीमा सहभागी भएपछि आलोचित बनेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन्।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

काठमाडौं- कोरोना महामारीका बेला पार्टीमा सहभागी भएपछि आलोचित बनेका बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले माफी मागेका छन्।

National life

प्रधानमन्त्रीको सरकारी निवास १० डाउनिङ स्ट्रिटमा आयोजित पार्टीमा सहभागी भएपछि उनको आलोचना भएको थियो। आलोचनापछि उनले संसदमा माफी मागेको बीबीसीले बताएको छ।

उनले आफूबाट गल्ती भएको स्वीकार्दै छानबिन प्रतिवेदनलाई स्वीकार गर्ने बताएका छन्। उनले भनेका छन्, ‘हामीले ऐना हेर्नुपर्छ र सिक्नुपर्छ।’

विपक्षी लेबर पार्टीले भने प्रधानमन्त्री जोन्सनको राजीनामा नै मागेको छ। लेबर पार्टीका नेता किर स्टार्मरले प्रधानमन्त्री जोन्सनले राजीनामा दिनुपर्ने आवाज सुरुदेखि नै उठाउँदै आएका छन्।

बेलायतकी पूर्वप्रधानमन्त्री टेरिजा मेले पनि संसदमा प्रधानमन्त्री जोन्सनको आलोचना गरेकी छन्। उनले भनिन्, 'कोरोनाका कारण प्रतिबन्ध लागू छ। ती नियमहरु प्रधानमन्त्रीलाई थाहा थियो कि थिएन भनेर जान्ने अधिकार जनतालाई छ।'

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 01, 2022| 08:04 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।