आइतबार, फागुन २४, २०८२

बंगलादेशद्वारा क्वारेन्टाइनको समयावधि कटौती

बंगलादेशमा क्वारेन्टाइनको समयावधि कटौती गरिएको छ। स्वास्थ्य सेवा निर्देशनालयले यसअघि १४ दिन कायम गरिएको क्वारेन्टाइनको समयावधि कटौती गरेर १० दिन बनाएको हो।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

ढाका- बंगलादेशमा क्वारेन्टाइनको समयावधि कटौती गरिएको छ। स्वास्थ्य सेवा निर्देशनालयले यसअघि १४ दिन कायम गरिएको क्वारेन्टाइनको समयावधि कटौती गरेर १० दिन बनाएको हो।

National life

निर्देशनालयका प्रवक्ता प्रा.डा. नाज्मुल इस्लामले विज्ञहरूको सुझावका आधारमा क्वारेन्टाइन बस्ने समयावधि कटौती गरिएको स्पष्ट पारे।

महामारी बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'कुनै व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएको पुष्टि भयो भने १० दिन मात्रै आइसोलेसनमा बस्नुपर्ने नियम बनाइएको छ।'

दश दिनपछि लक्षणहरू देखिएपनि क्वारेन्टाइनबाट बाहिर निस्कन र कार्यालय जान पाउने उनको भनाई छ। 

यसअघि कोरोना भाइरसबाट सङ्क्रमित भएका व्यक्ति निको भएर कार्यालय फर्कँदा पिसिआरको नेगेटिभ नतिजा आएको प्रमाण देखाउनु पर्ने नियम बनाइएको थियो। अबदेखि भने त्यस्तो नियम लागू नहुने भएको छ। बरु कम्तीमा एक पटक चिकित्सकलाई भेट्न सुझाव दिइएको छ। 

Laxmi sunrise bank
kumari

निर्देशनालयले पछिल्लो २४ घण्टामा बङ्गलादेशमा १२ हजार १८३ जना नयाँ सङ्क्रमित भएको जनाएको छ। सोही अवधिमा अरु ३४ जनाको कोरोना भाइरसकै कारणले मृत्यु भएको छ। यो सङ्ख्या गत सेप्टेम्बर २२ पछिकै सबैभन्दा धेरै भएको निर्देशनालयको दाबी छ।   

स्वास्थ्य मन्त्री जाहिद मालेक्वेले मृतक र सङ्क्रमितको सङ्ख्या बढ्दै गएकाले उच्च स्वास्थ्य सतर्कता अपनाउन सबैलाई अनुरोध गरेका छन्। 

प्रकाशित: Feb 01, 2022| 05:00 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।