आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नियमप्रति असन्तुष्टि जनाउँदै क्यानडामा ट्रक चालकको आन्दोलन

नियमप्रति असन्तुष्टि जनाउँदै क्यानडामा ट्रक चालकको आन्दोलन

क्यानडाको राजधानी ओटावामा ट्रक चालकहरुले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका छन्। ट्रक चालकका लागि लागु गरिएका कतिपय नियमप्रति असन्तुष्टि जनाउदै आएका उनीहरुले ती नियमहरु खारेज गर्न माग गरेका छन्।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

क्यानडा- क्यानडाको राजधानी ओटावामा ट्रक चालकहरुले दोस्रो दिन पनि विरोध प्रदर्शन गरेका छन्। ट्रक चालकका लागि लागु गरिएका कतिपय नियमप्रति असन्तुष्टि जनाउदै आएका उनीहरुले ती नियमहरु खारेज गर्न माग गरेका छन्।  

National life

अमेरिका र क्यानडाको सीमा पार गर्ने ट्रक चालकका लागि कोरोना भाइरसविरुद्धको खोप अनिवार्य गरिएकोप्रति ट्रक चालकको सबैभन्दा धेरै असन्तुष्टि देखिएको छ। उनीहरु झण्डै एक लाख २० हजार रहेको र ती मध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेको तथ्यांक देखाइएको छ। 

राजधानी ओटावामा स्वतन्त्रताका लागि भन्दै आयोजना गरिएको प्र्रदर्शनमा हजारौँ प्रदर्शनकारी सहभागी भएका छन्। ट्रक चालकहरूले क्यानडाको संसद् भवन वरपरका सडकमा ट्रक राखेर यातायात सेवा अवरुद्ध पारेका छन्। प्रहरीले भने प्रदर्शनकारीले राजधानी सहरमा गलत कार्य गरेको भन्दै त्यस्तो नगर्न आग्रह गरेको छ। 

सीमा वारपार गर्न खोप अनिवार्य गरिएको विरोधमा सुरु भएको आन्दोलनमा अहिले अन्य मागहरू पनि थपिएको आन्दोलनकारीहरुले बताएका छन्।

प्रकाशित: Feb 01, 2022| 03:30 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।