आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाले अफगान दूतावास बन्द गर्ने, कूटनीतिज्ञहरूको उन्मुक्ति खोसिने

अमेरिकाले अफगान दूतावास बन्द गर्ने, कूटनीतिज्ञहरूको उन्मुक्ति खोसिने

संयुक्त राज्य अमेरिकामा अफगान कूटनीतिज्ञहरूलाई वाशिंगटनमा उनीहरूको दूतावास बन्द गरिने र उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसेको जानकारी दिइएको छ।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

वाशिङ्टन- संयुक्त राज्य अमेरिकामा अफगान कूटनीतिज्ञहरूलाई वाशिंगटनमा उनीहरूको दूतावास बन्द गरिने र उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसेको जानकारी दिइएको छ।

National life

यस मामिलासँग परिचित स्रोतहरूले अल अरबियालाई बताए अनुसार लस एन्जलस र न्यूयोर्कमा रहेको अफगान वाणिज्य दूतावासहरू पनि बन्द हुनेछन्, पजवोक अफगान न्यूजले जनाएको छ। अमेरिकामा रहेका अफगान कूटनीतिज्ञहरूलाई  यस हप्ताको शुरुमा एक मेमो मार्फत सूचित गर्दै उनीहरूलाई उनीहरूको कूटनीतिक उन्मुक्ति पनि खोसिएको जानकारी दिइएको थियो। 

अल अरेबियाले विदेश मन्त्रालयका एक अधिकारीलाई उद्धृत गर्दै अफगान मिसन वा यसका कर्मचारीहरूको स्थितिमा कुनै परिवर्तन नभएको बताएको छ।

यद्यपि, एक अज्ञात कूटनीतिज्ञले अल अरबियालाई भने, 'उनीहरूले त्यहाँ दूतावास र वाणिज्य दूतावासको मिसनहरू बन्द हुने बताएका छन्।'

अफगानिस्तानबाट अमेरिकी फिर्ती र तालिवानद्वरा काबुल नियन्त्रणपछि वाशिंगटनको यो कदम छ करिब महिनापछि आएको हो। तालिबानलाई संयुक्त राज्य अमेरिका सहित धेरै अन्तर्राष्ट्रिय समुदायले मान्यता दिएका छैनन्।

Laxmi sunrise bank
kumari

प्रकाशित: Feb 01, 2022| 04:30 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।