आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कूटनीतिक सम्बन्धको ५० औँ वर्षगाँठमा चीन र माल्टाका राष्ट्रपतिबीच बधाई आदानप्रदान

कूटनीतिक सम्बन्धको ५० औँ वर्षगाँठमा चीन र माल्टाका राष्ट्रपतिबीच बधाई आदानप्रदान

चीन-माल्टा कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले सोमबार माल्टाका राष्ट्रपति जर्ज भेलासँग बधाई आदानप्रदान गरेका छन्।
 |  मंगलबार, माघ १८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १८, २०७८

बेइजिङ- चीन-माल्टा कूटनीतिक सम्बन्ध स्थापना भएको ५०औँ वार्षिकोत्सवको अवसरमा चिनियाँ राष्ट्राध्यक्ष सी चिन फिङले सोमबार माल्टाका राष्ट्रपति जर्ज भेलासँग बधाई आदानप्रदान गरेका छन्।

National life

आफ्नो सन्देशमा सीले विगत आधा शताब्दीमा अन्तरराष्ट्रिय परिस्थितिमा जतिसुकै परिवर्तन भएता पनि चीन र माल्टाले सधैं मैत्रीपूर्ण सहअस्तित्व र एकअर्कालाई सहयोग गरेको र आ-आफ्नो मुख्य चासो र प्रमुख चासोका विषयमा एकअर्कालाई दृढतापूर्वक समर्थन गरेको औंल्याएका छन्।

अब दुई देशले बढ्दो घनिष्ट सम्बन्धको बलमा कोभिड-१९ महामारी विरुद्ध प्रभावकारी संयुक्त लडाइँ अघि बढाएको छ  जसले चिनियाँ र माल्टीज जनताबीचको गहिरो सम्बन्धलाई पूर्ण रूपमा देखाएको सीले भने।

५० औं वार्षिकोत्सवलाई परम्परागत मित्रतालाई प्रगाढ बनाउने, द्विपक्षीय र बहुपक्षीय सहयोग विस्तार गर्ने र दुई राष्ट्रको हितका लागि चीन-माल्टा सम्बन्धमा थप परिणाम ल्याउने अवसरका रूपमा लिन आफू भेलासँग काम गर्न तयार रहेको सीले बताएका छन्।

'माल्टाले युरोपेली संघलाई चीनसँगको सहयोग सुदृढ गर्न र दुई देशबीचको परम्परागत मैत्री सम्बन्धमा नयाँ जीवन्तता प्रदान गर्ने सहयोग जारी राख्नेछ,' उनले भने।

Laxmi sunrise bank
kumari

सोही दिन चिनियाँ प्रधानमन्त्री ली खछ्याङले पनि आफ्ना समकक्षी रोबर्ट अबेलासँग बधाइ सन्देश आदानप्रदान गरेका छन्।

लीले माल्टासँगको ५०औँ वार्षिकोत्सवलाई राजनीतिक आपसी विश्वास सुदृढ गर्न, विजयी सहयोगलाई गहिरो बनाउन र जन-जनताबीचको आदानप्रदानलाई नयाँ उचाइँमा पुर्‍याउन माल्टासँग मिलेर काम गर्न तयार रहेको बताएका छन्।

त्यसैगरी अबेलाले माल्टाले इयुमा रचनात्मक भूमिका खेल्न जारी राख्ने, स्थायित्व कायम गर्न र सहयोग प्रवर्द्धन गर्न प्रतिबद्ध रहेको र माल्टा-चीन मैत्री सम्बन्धको उल्लेखनीय प्रगति र बृहत्तर विकासको लागि प्रयास गर्ने बताएका छन्। 

प्रकाशित: Feb 01, 2022| 01:00 मंगलबार, माघ १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।