बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • उत्तर कोरियाले सार्वजनिक गर्‍यो क्षेप्यास्त्र परीक्षणका तस्बिर

उत्तर कोरियाले सार्वजनिक गर्‍यो क्षेप्यास्त्र परीक्षणका तस्बिर

विगत ५ वर्षयताकै सबैभन्दा बढी शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाले अन्तरिक्षबाट लिइएका तस्बिर सार्वजनिक गरेको छ।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

सोल (दक्षिण कोरिया)- विगत ५ वर्षयताकै सबैभन्दा बढी शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको उत्तर कोरियाले अन्तरिक्षबाट लिइएका तस्बिर सार्वजनिक गरेको छ। आइतबार शक्तिशाली क्षेप्यास्त्र परीक्षणपछि उत्तरले ती तस्बिर सार्वजनिक गरेको हो। 

National life

जापान र दक्षिण कोरियाले क्षेप्यास्त्र २ हजार किलोमिटरको उचाइमा पुगेर जापानी सागरमा खसेको थियो। अन्तरिक्षबाट लिइएको भनिएका ती तस्बिरमा कोरियाली प्रायद्वीप र त्यस वरपरका क्षेत्र देख्न सकिन्छ। 

सोमबार प्योङयाङले ह्वासोङ-१२ नामक मध्यम दुरीको क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ। यसको पूर्ण क्षमता प्रयोग हुने हो भने अमेरिकाको स्वशाशित क्षेत्र गुआमसम्म प्रहार गर्ने बताइएको छ। 

उत्तर कोरियाको पछिल्लो क्षेप्यास्त्र परीक्षणले विश्व समुदायलाई पुनः एकपटक चिन्तित बनाएको छ। 

एक महिनायता मात्र प्योङयाङले ७ वटा मिसाइल परीक्षण गरेको छ। उत्तर कोरियाको यो कदमको दक्षिण कोरिया, जापान र अमेरिकाले निन्दा गरेका छन्। 

संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै पनि आणविक हतियार र क्षेप्यास्त्रको परीक्षण गर्न प्रतिबन्ध लगाएको छ। तर उत्तरले भने परीक्षणलाई निरन्तरता दिइरहेको छ। 

मध्यम दूरीको यो क्षेप्यास्त्र ८ सय किलोमिटर टाढा पुगेर विस्फोट भएको थियो। यो मिसाइल ४ हजार किलोमिटर टाढासम्म प्रहार गर्न सक्ने बताइएको छ। 

प्रकाशित: Jan 31, 2022| 15:04 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।