बिहीबार, वैशाख १७, २०८३

गर्लफ्रेन्डलाई हातपात गरेको आरोपमा ग्रिनवुड पक्राउ

त्यति मात्र होइन उनको ओठ सुन्निएको र मुखबाट रगत बगिरहेको तस्विरले सामाजिक सञ्जाल एकाएक गरम भयो। उनलाई पछ्यानेले चिनिहाले, तिनी म्यानचेस्टर युनाइटेडको विश्वचर्चित युवाखेलाडी मेसन ग्रिनवुडकी ग्रलफ्रेन्ड थिइन्।
 |  सोमबार, माघ १७, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १७, २०७८

काठमाडौं- दुई दिनअघि ह्यारियट रोबिन्सनको इन्स्टाग्राममा केहि तस्विरहरु पोस्ट गरिएका थिए। त्यहाँ उनी आफू घाइते भएँ भनेर देखाउँदै थिइन्। उनको शरीरको विभिन्न भागमा चोट लागेको देखिन्थ्यो। उनका हात खुट्टामा चोट र निलडाम थियो।

National life

त्यति मात्र होइन उनको ओठ सुन्निएको र मुखबाट रगत बगिरहेको तस्बिरले सामाजिक सञ्जाल एकाएक गरम भयो। उनलाई चिनिहाले, तिनी म्यानचेस्टर युनाइटेडको विश्वचर्चित युवाखेलाडी मेसन ग्रिनवुडकी ग्रलफ्रेन्ड थिइन्।

त्यसपछि सबैतिर हल्लाखल्ला मच्चियो। त्यो पोस्टमा उनले आफू घरेलु हिंसामा परेको बताएकी थिइन्। साथै उनले आफूलाई बोइफ्रेन्ड ग्रिनवुडले नै कुटपिट गरेको पनि जनाएकी थिइन्।

त्यसपछि प्रहरीले सो कुराबारे छानविन थालेको थियो। अहिले म्यानचेस्टर युनाइटेडको प्रहरीले उनलाई गिरफ्तार गरेको छ। उनलाई घरेलु हिंसा र बलात्कारको केसमा पक्राउ गरिएको हो।

उनलाई पक्राउ गरेपछि ग्रेटर म्यानचेस्टरको प्रहरीले सूचनामा भनेका छ, ‘एक महिलाको सामाजिक सञ्जामा राखिएको भिडियो र तस्विरका आधारमा त्यो शारीरिक यातना भएको अर्थ लाग्छ। सोहि केसमा बलात्कार पनि हो कि होइन भन्ने कुरा जोडियएको छ। त्यसबारे थप अध्ययन गर्नका लागि २० वर्षका पुरुषलाई पक्राउ गरिएको छ।’ प्रहरीले ग्रिनवुड हिरासतमा रहने छानविन साथै सोधपुछ गरिने पनि बताइएको छ।

यता उनको क्लब म्यानचेस्टर युनाइटेडले उनी अब अर्को सूचना नआएसम्मका लागि अभ्यासमा उपस्थित नहुने पनि जानकारी दिएको छ। ‘हामी कुनै पनि हिंशालाई प्रोत्साहन दिँदैनौँ,’ सूचनामा लेखिएको छ,‘सत्यतथ्य छानविन नभइकन बाँकी कुरा भन्न सकिँदैन।’

ह्यारिसनको त्यो आरोपबारे अहिलेसम्म ग्रिनवुडले केहि बताएका छैनन्। ग्रिनवुडले तीन वर्षअघि मात्र म्याचेस्टर युनाइटेडबाट डेब्यू गरेका थिए। उनले क्लबसँग चार वर्षको सम्झौता गरेका छन्। उनी युनाइटेड एकेडेमीका खेलाडी हुन्।

प्रकाशित: Jan 31, 2022| 14:20 सोमबार, माघ १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।