बिहीबार, साउन ७, २०८३

उत्तर कोरियाले परीक्षण गर्‍यो २०१७ पछिकै 'ठूलो' मिसाइल

उत्तर कोरियाले हालै परीक्षण गरेको मिसाइल सन् २०१७ पछिकै सबैभन्दा ठूलो भएको बताइएको छ। मध्यम 'रेन्ज'को यो मिसाइल जापानी समुद्रमा खस्नुअघि २ हजार किलोमिटरको उचाइमा पुगेको बताइएको छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

सोल (दक्षिण कोरिया)- उत्तर कोरियाले हालै परीक्षण गरेको मिसाइल सन् २०१७ पछिकै सबैभन्दा ठूलो भएको बताइएको छ। मध्यम 'रेन्ज'को यो मिसाइल जापानी समुद्रमा खस्नुअघि २ हजार किलोमिटरको उचाइमा पुगेको बताइएको छ। 

अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाद्वारा गरिएको मिसाइल परीक्षणले असुरक्षा बढाएको प्रतिक्रिया दिएका छन्। 

संयुक्त राष्ट्रसंघले कुनै पनि मिसाइल तथा आणविक हतियार परीक्षण गर्न उत्तर कोरियामाथि रोक लगाएको छ। यद्यपि उत्तर कोरियाले मिसाइल तथा आणविक हतियार परीक्षण गर्न रोकेको छैन। उत्तर कोरियाले यसै महिना मात्र ७ वटा शक्तिशाली हतियारको परीक्षण गरिसकेको छ। 

उत्तर कोरियाली नेता किम जोङ उनले आफ्नो देशको रक्षाका लागि आणविक हतियारको परीक्षण गर्नुपरेको बताउने गरेका छन्। 

अमेरिकी नाकाबन्दी र कोरोना महामारीका कारण अर्थतन्त्र कमजोर भइरहेको अवस्थामा उत्तरले शक्तिशाली हतियार परीक्षण गरेको हो। 

चीनमा विन्टर ओलम्पिक सुरु हुनु र दक्षिण कोरियामा राष्ट्रपतिको निर्वाचन हुनुभन्दा केही दिनअघि परीक्षण गरिएकाले उत्तर कोरियाले विश्वसामु आफ्नो शक्ति देखाउन चाहेको केही विश्लेषकको तर्क छ। 

प्रकाशित: Jan 30, 2022| 14:59 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।