आइतबार, फागुन २४, २०८२

भारतमा एकैदिन ८९३ जना कोरोना संक्रमितको मृत्यु

भारतमा कोरोना भाइरसबाट थप दुई लाख ३४ लाखभन्दा बढी सङ्क्रमित भएका छन्।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

काठमाडौं– भारतमा कोरोना भाइरसबाट थप दुई लाख ३४ लाखभन्दा बढी सङ्क्रमित भएका छन्। यससँगै भारतमा चार करोड १० लाख ९२ हजार ५२२ जना कोरोनाका कुल सङ्क्रमित भएका समाचारमा जनाइएको छ।   

National life

सोही अवधिमा कोरोना सङ्क्रमणका कारण भारतमा ८९३ जनाको मृत्यु भएको छ। अधिकारीहरुका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९४ हजार ९१ जनाको कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु भएको छ। भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा निरन्तर कमी आइरहेको छ। केही दिन बढ्दै गएकोमा अहिले घट्दै आएको जनाइएको छ।

मन्त्रालयका अनुसार भारतमा अहिले सङ्क्रमित अवस्थामा रहेकाहरुको सङ्ख्या पनि घट्दै गइरहेको छ। सरकारी अधिकारीहरुका अनुसार भारतमा शनिबार १८ लाख ८४ हजार ३३३ जना सक्रिय सङ्क्रमित रहेका छन्। सक्रिय सङ्क्रमितको यो संख्या कुल सङ्क्रमितको ४.५९ प्रतिशत भएको जनाइएको छ। 

दैनिक नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा दैनिक सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या धेरै भएकाले पनि अहिले सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घट्दै गएको हो। भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ५२ हजार ७८४ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ सङ्क्रमितहरुको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या एक लाख भन्दा बढी रहेको छ। 

भारतमा पछिल्लो एक दिनमा १६ लाख १५ हजार ९९३ जनाको कोरोना परीक्षण गरिएको थियो। भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो। सो समयदेखि हालसम्म भारतमा एक अर्ब ६५ करोड ७० लाख भन्दा बढी डोज खोप लगाइएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 30, 2022| 14:55 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।