बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • म्यानमारले ठूलो मूल्य चुकाउनुपर्ने राष्ट्रसंघको चेतावनी

म्यानमारले ठूलो मूल्य चुकाउनुपर्ने राष्ट्रसंघको चेतावनी

संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख मिशेल ब्याशेलेले म्यानमारका जनताको ज्यान र स्वतन्त्रताप्रति संवेदनशिल नबनेकोमा सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

जेनेभा- संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख मिशेल ब्याशेलेले म्यानमारका जनताको ज्यान र स्वतन्त्रताप्रति संवेदनशिल नबनेकोमा सरकारले ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्।

National life

उनले म्यानमारविरुद्धको अन्तर्राष्ट्रिय प्रतिक्रियालाई अप्रभावी रहेको टिप्पणी गर्दै यसमा संकटको परिमाणसँग मिल्दोजुल्दो तत्काल भावनाको अभाव रहेको बताइएको छ।

म्यानमारका सैनिक शासकलाई आफ्नै जनताविरुद्ध हिंसा बन्द गर्न र छिटो नागरिक शासन पुनःस्थापित गर्न विश्व नेताहरुले दबाब बढाउनुपर्नेमा उनको जोड छ।

म्यानमारमा मानवअधिकार र प्रजातन्त्र पुनस्र्थापना गर्न र प्रणालीगत मानवअधिकार उल्लंघन र दुर्व्यवहारका दोषीहरूलाई कारबाही गर्ने सुनिश्चित गर्नको लागि तत्काल कदम चाल्नुको विकल्प नभएकोमा राष्ट्रसंघको मानवअधिकार कार्यालयले जनाएको छ।

म्यानमारको सेनाले गत वर्ष फेब्रुअरी १ मा सत्ता कब्जा गरी नागरिक सरकारलाई अपदस्थ गर्दै नेत्री आङ साङ सुचीलाई गिरफ्तार गरेको थियो। उक्त कदमको विरोधमा म्यानमारका जनताको विद्रोह जारी छ । यस क्रममा सेनाले गरेको रक्तपातपूर्ण कारवाहीमा सयौंले ज्यान गुमाएका छन्। अझै पनि हजारौं नागरिकलाई सरकारको विरोधमा लागेको आरोपमा सेनाले हिरासतमा राखेको छ।

प्रकाशित: Jan 30, 2022| 08:49 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।