बिहीबार, वैशाख १७, २०८३

प्रहरीसँगको भिडन्तमा कश्मीरमा पाँच लडाकू मारिए

भारतको कश्मीरमा शनिबार राति भएको भिडन्तमा पाँच लडाकू मारिएका छन्।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

National life

काठमाडौं- भारतको कश्मीरमा शनिबार राति भएको भिडन्तमा पाँच लडाकू मारिएका छन्। कश्मीर जोन पुलिसले ट्वीट गर्दै शनिबार र आइतबार १२ घण्टासम्म चलेको भिडन्तमा पाँच लडाकूको ज्यान गएको जनाएको छ।

'प्रहरीसँगको भीडन्तमा आतंकवादी संगठन लश्कर-ए-तोयबा र जैश-ए-मुहम्मदका पाँच आतंककारी मारिएका छन्,' जोन पुलिसले ट्वीट गर्दै भनेको छ।

मारिनेमा जैश–ए–मोहम्मदका कमाण्डर जाहिद वानी र अन्य पाकिस्तानी आतंकवादी रहेको बताइएको छ। भिडन्त पुलवामाको नायरा क्षेत्र र बडगामको चरार–ए–शरीफमा भएको थियो।

प्रकाशित: Jan 30, 2022| 08:33 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।