आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ब्राजिलमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी

ब्राजिलमा दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी

ब्राजिलमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी पुगेको छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

रियो दि जेनेरियो- ब्राजिलमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरूको सङ्ख्या साढे दुई लाखभन्दा बढी पुगेको छ। 

National life

सरकारी अधिकारीहरूले शुक्रवार दिएको जानकारीअनुसार ब्राजिलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८ जना नयाँ सङ्क्रमित थपिएका छन्।

योसँगै ब्राजिलमा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या दुई करोड ५० लाख ३४ हजार ८०६ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रलायले जनाएको छ।

ब्राजिलमा यसअघि एक दिनमा दुई लाख २८ हजार ९५४ जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो।

मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण ब्राजिलमा अहिलेसम्म छ लाख २५ हजार ८८४ जनाको मृत्यु भएको छ। ती मध्ये ७९९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।

Laxmi sunrise bank
kumari

कोरोनाभाइरसका कारण धेरै मृत्यु भएका देशहरू मध्ये ब्राजिल दोस्रो क्रम सङ्ख्यामा पर्दछ। ब्राजिलमा भन्दा धेरै विश्वमै सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ। तेस्रो धेरै मृत्यु भने भारतमा भएको देखिएको छ। 

प्रकाशित: Jan 30, 2022| 00:01 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।