आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाद्वारा बंगलादेशलाई ७४ लाख मात्रा कोभिड भ्याक्सिन सहयोग

अमेरिकाद्वारा बंगलादेशलाई ७४ लाख मात्रा कोभिड भ्याक्सिन सहयोग

'विश्वभर महामारीको अन्त्य गर्न अमेरिकी प्रतिबद्धताका लागि धन्यवाद, संयुक्त राज्य अमेरिकाले ७४ लाख ३४ हजार १८० मात्रा कोभिडविरूद्धको खोप बङ्गलादेशका लागि पठाएको छ,' ह्वाइट हाउसका एकजना अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भने।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

वाशिङ्टन- संयुक्त राज्य अमेरिकाले कोभिड–१९ विरूद्धको खोपको अर्को ७४ लाख मात्रा शुक्रबार बङ्गलादेश पठाएको छ। 

National life

'विश्वभर महामारीको अन्त्य गर्न अमेरिकी प्रतिबद्धताका लागि धन्यवाद, संयुक्त राज्य अमेरिकाले ७४ लाख ३४ हजार १८० मात्रा कोभिडविरूद्धको खोप बङ्गलादेशका लागि पठाएको छ,'  ह्वाइट हाउसका एकजना अधिकारीले आफ्नो नाम उल्लेख नगर्ने शर्तमा एएफपीसँग भने। 

सार्वजनिक–निजी साझेदारी गावीको सह–नेतृत्वमा विश्वव्यापी वितरण पहलमा विश्वभर कोभाक्सको ४० करोडभन्दा बढी खोप अमेरिकाले विदेशलाई सहयोग गरिसकेको ती अधिकारीले बताए। 

वासिङ्टनले विश्वभर एक अर्ब १० करोडभन्दा बढी खोपको मात्रा सहयोग गर्र्ने वचन दिएको छ। अमेरिकी यस बचन पालना हुनसकेमा अन्य कुनै पनि देशले भन्दा बढी खोप सहयोग गर्ने मुलुक अमेरिका बन्नेछ। 

अमेरिकाले ग्वाटेमालादेखि पापुआ न्यु गिनीजस्ता देशहरूमा खोपहरू पठाइसकेको छ।

Laxmi sunrise bank
kumari

अमेरिकी खोप अक्सर चीन र रूस हुँदै अन्य मुलुक जाने गर्छन् जसलाई अमेरिकाको खोप कूटनीति भनिने गरिएको छ। 

जोन्स हकिन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार बङ्गलादेशमा करिब १७ लाख ५० हजार मानिस कोभिड–१९ बाट सङ्क्रमित भएका छन्। यसमध्ये  २८ हजारभन्दा बढी सङ्क्रमितको भएको तथ्याङ्क रहेको छ। विश्वकै सबैभन्दा गरिब देशहरूमध्ये एक, बङ्गलादेशले लगभग १६ करोड ५० लाख मानिसहरूमध्ये ३६ प्रतिशतलाई पूर्ण खोप लगाएको छ।

केइजर फेमिली फाउन्डेसनको तथ्याङ्कअनुसार संयुक्त राज्य अमेरिकाले बङ्गलादेशमा कोभिडविरूद्धको दुई करोड ८४ लाख मात्रा खोपहरू यस पहिले नै पठाइसकेको छ।

प्रकाशित: Jan 30, 2022| 04:31 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।