आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानका पूर्व अधिकारीहरूले भ्रष्टाचार गरेको सम्पत्ति जफत गर्न प्रस्ताव

अफगानिस्तानका पूर्व अधिकारीहरूले भ्रष्टाचार गरेको सम्पत्ति जफत गर्न प्रस्ताव

संयुक्त राष्ट्रसंघको अफगानिस्तान मिशनले शुक्रबार अफगानिस्तानका भूतपूर्व सरकारी अधिकारीहरूको खातामा अवैध रूपमा जम्मा भएको सम्पत्ति जफत गर्ने प्रस्ताव गरेको छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

न्युयोर्क- संयुक्त राष्ट्रसंघको अफगानिस्तान मिशनले शुक्रबार अफगानिस्तानका भूतपूर्व सरकारी अधिकारीहरूको खातामा अवैध रूपमा जम्मा भएको सम्पत्ति जफत गर्ने प्रस्ताव गरेको छ। 

National life

टोलो न्युजले स्थानीय अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, 'अफगान नागरिकहरूले नेसेर अहमद फाइकको प्रस्तावको प्रशंसा गरेका छन्। अफगानिस्तानका धेरैजसो पूर्व सरकारी अधिकारीहरू भ्रष्टाचारमा संलग्न रहेका र हाल देशमा आर्थिक सङ्कट रहेका समय विदेशमा विलासी जीवन बिताइरहेका छन्।'

अफगानिस्तानमा संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा नेसेर अहमद फाइकले भने, 'म अफगानिस्तानमा यस पहिले भ्रष्टाचार र अन्तरराष्ट्रिय सहायताको दुरुपयोग गर्दै भूतपूर्व सरकारी अधिकारीहरूको विदेशी खातामा अवैध रूपमा जम्मा गरिएका सबै अफगान सम्पत्ति जफत गर्न अनुरोध गर्छु।'

'तिनीहरूलाई जवाफदेही ठहराउनै पर्छ। २८ लाख मानिसहरू भोकभोकै छन् र आमाहरू जीउनकै लागि आफ्ना छोराछोरीलाई बेच्ने गरेका भनाइहरू बाहिरिएका छन् यो उचित होइन। तर भ्रष्ट पूर्व सरकारी अधिकारीहरू युरोप र अमेरिकाका विभिन्न देशहरूमा विलासी घर तथा भवनहरूमा बस्छन्,' उनले भने। 

उनले भ्रष्ट भूतपूर्व अफगान अधिकारीहरूलाई शरण नदिन अन्तरराष्ट्रिय समुदायलाई आह्वान गरे। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 30, 2022| 04:00 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।