आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • पाकिस्तानमा एक युवाले भिडियो गेम हेरेर आमासहित तीनजनालाई गोली हानेपछि...

पाकिस्तानमा एक युवाले भिडियो गेम हेरेर आमासहित तीनजनालाई गोली हानेपछि...

पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पवजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउनका लागि प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने निर्णय गरेको छ।
 |  आइतबार, माघ १६, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, माघ १६, २०७८

इस्लामावाद- पाकिस्तानको प्रहरीले पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि पवजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउनका लागि प्रान्तीय र संघीय सरकारलाई सिफारिस पठाउने निर्णय गरेको छ।

National life

पञ्‍जाब प्रहरीका प्रवक्ताका अनुसार देशको युवा पुस्तालाई उनीहरूको हानिकारक प्रभावबाट जोगाउन सकियोस् भनेर गोली हानाहान र हिंसाको बढ्दो प्रवृत्ति सिकाउने खेललाई प्रतिबन्ध लगाउन सिफारिस पठाउने निर्णय गरेको द न्युज इन्टरनेशनलले उल्लेख गरेको छ।

प्रहरीले देशमा भएको एक दुखद घटनालाई ध्यानमा राखेर उक्त निर्णय लिएको बताएको छ। 

हालै भएको उक्त घटनामा यूवाले आफ्नी आमा र तीन भाइबहिनीको हत्या गरेको प्रहरीले जनाएको छ। प्रहरी प्रवक्तालाई उद्धृत गर्दै द न्युज इन्टरनेशनलले भनेको छ, 'अली जेनले २०२२ जनवरी १९ गते आफ्नी आमा, दुई बहिनी र एक भाइको गोली हानी हत्या गरी पेस्तोल लुकाएका प्रारम्भिक छननविनले देखाएको छ।'

पबजी खेलमा बारम्बार पराजित हुँदा तनाव बढेपछि उनले खेलमा जस्तै सबै जना फेरि बाँच्न सक्ने सोचेर गोली प्रहार गरेको बयानमा उनले बताएका छन्। 

Laxmi sunrise bank
kumari

प्रवक्ता अधिकारीले घटनाका सबै पक्षको छानबिन भइरहेको र कानुनी र तथा न्यायिक प्रक्रिया पूरा भएपछि अभियुक्तलाई कडा सजाय हुने बताए।

प्रकाशित: Jan 30, 2022| 05:00 आइतबार, माघ १६, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।