आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • ब्राजिलमा दैनिक संक्रमितहरुको संख्या साढे दुई लाखभन्दा बढी

ब्राजिलमा दैनिक संक्रमितहरुको संख्या साढे दुई लाखभन्दा बढी

मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण ब्राजिलमा अहिलेसम्म छ लाख २५ हजार ८८४ जनाको मृत्यु भएको छ। ती मध्ये ७९९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

ब्राजिल- ब्राजिलमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरूको संख्या साढे दुई लाखभन्दा बढी पुगेको छ।सरकारी अधिकारीहरूले शुक्रवार दिएको जानकारीअनुसार ब्राजिलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन्।

National life

योसँगै ब्राजिलमा अहिलेसम्म कुल संक्रमितहरूको संख्या दुई करोड ५० लाख ३४ हजार ८०६ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रलायले जनाएको छ। ब्राजिलमा यसअघि एक दिनमा दुई लाख २८ हजार ९५४ जना नयाँ संक्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो।

मन्त्रालयका अनुसार कोरोनाभाइरसका कारण ब्राजिलमा अहिलेसम्म छ लाख २५ हजार ८८४ जनाको मृत्यु भएको छ। ती मध्ये ७९९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।

कोरोनाभाइरसका कारण धेरै मृत्यु भएका देशहरू मध्ये ब्राजिल दोस्रो क्रम संख्यामा पर्दछ। ब्राजिलमा भन्दा धेरै विश्वमै सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ। तेस्रो धेरै मृत्यु भने भारतमा भएको देखिएको छ।  सिन्ह्वा  

प्रकाशित: Jan 29, 2022| 15:50 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।