आइतबार, फागुन २४, २०८२

भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३५ हजार संक्रमित

सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३५ हजार ५३२ जना संक्रमित भएका हुन्।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

नयाँ दिल्ली- भारतमा कोरोनाभाइरसबाट थप दुई लाख ३५ लाखभन्दा बढी संक्रमित भएका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ३५ हजार ५३२ जना संक्रमित भएका हुन्।

National life

सोही अवधिमा ८७१ जनाको मृत्यु पनि भएको भारतको संघीय स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ। भारतमा पछिल्लो समय दैनिक सङ्क्रमितहरूको संख्यामा निरन्तर कमी आइरहेको छ। केही दिन बढ्दै गएकोमा अहिले घट्दै आएको हो।  मन्त्रालयका अनुसार भारतमा अहिले संक्रमित अवस्थामा रहेकाहरूको संख्या पनि घट्दै गइरहेको छ। सरकारी अधिकारीहरूका अनुसार भारतमा शनिबार २० लाख चार हजार ३३३ जना सक्रिय संक्रमित रहेका छन्।

दैनिक नयाँ संक्रमितहरूको संख्याभन्दा दैनिक संक्रमणमुक्त भएकाहरूको संख्या धेरै भएकालेपनि अहिले सक्रिय संक्रमितहरूको संख्या घट्दै गएको हो। भारतमा पछिल्लो २४ घण्टामा तीन लाख ३५ हजार ९३९ जना कोरोनाभाइरसबाट संक्रमणमुक्त भएका छन्। एउटै अवधिमा नयाँ संक्रमितहरूको संख्याभन्दा संक्ररमणमुक्त भएकाहरूको संख्या झण्डै एक लाख धेरै छ। 

भारतमा पछिल्लो एक दिनमा १७ लाख ५९ हजार ४३४ जनाको कोरोना परीक्षण गरिएको थियो।अधिकारीहरूका अनुसार भारतमा अहिलेसम्म कुल चार लाख ९३ हजार १९८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ।   एएनआई

प्रकाशित: Jan 29, 2022| 15:35 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।