आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीनका वैज्ञानिकको चेतावनी- 'नियोकोभ' भेरियन्ट फैलिँदै, संक्रमित तीनमध्ये एकको मृत्यु

चीनका वैज्ञानिकको चेतावनी- 'नियोकोभ' भेरियन्ट फैलिँदै, संक्रमित तीनमध्ये एकको मृत्यु

चीनको वुहानका वैज्ञानिकहरुले नयाँ भरियन्ट ‘नियोकोभ’ तुलनात्मक रुपमा निकै खतरनाक भएको दाबी गर्दै तत्काल नियन्त्रणका उपायहरु अपनाउन आग्रह गरेका छन्।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

काठमाडौं- सन् २०१९ को डिसेम्बर अन्तिममा चीनको वुहानमा देखिएको कोरोना संक्रमण अन्त्य हुनुको साटो थप भेरियन्टहरु फैलिन थालेका छन्। ओमिक्रोन भेरियन्टको संक्रमण नियन्त्रण हुनु नपाउँदै नयाँ 'नियोकोभ' फैलिन थालेको भन्दै वैज्ञानिकहरुले सतर्कता अपनाउन आग्रह गरेका छन्। 

National life

नयाँ भेरियन्ट नियोकोभ दक्षिण अफ्रिकामा देखिएको अन्तर्राष्ट्रिय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। यस भेरियन्टको संक्रमण र संक्रमितको मृत्युदर अन्यभन्दा उच्च रहेको अनुसन्धानकर्ताहरुले बताएका छन्। 

चिनियाँ अनुसन्धानकर्ताहरुले यो भेरियन्टलाई अहिलेको खोपले काम नगर्ने र तीन संक्रमितमध्ये एक जनाको मृत्यु हुनसक्ने चेतावनी दिएका छन्। चिनियाँ वैज्ञानिकहरुले उक्त खतरनाक भेरियन्ट तीव्ररुपमा फैलनसक्ने भन्दै सतर्क रहन सुझाव दिएका हुन् ।

चीनको वुहानका वैज्ञानिकहरुले नयाँ भरियन्ट ‘नियोकोभ’ तुलनात्मक रुपमा निकै खतरनाक भएको दाबी गर्दै तत्काल नियन्त्रणका उपायहरु अपनाउन आग्रह गरेका छन्। 

वैज्ञानिकका अनुसार कोरोनाको यो भेरियन्ट दक्षिण अफ्रिकामा पत्ता लागेको हो । हुन त, अहिलेसम्म यो भाइरसको संक्रमण मान्छेमा देखिएको छैन । यद्यपि चमेरोमा भने यो भाइरस देखिएको छ ।

Laxmi sunrise bank
kumari

चीनका वैज्ञानिकको चेतावनी

कोरोना भाइरसको नयाँ भेरियन्ट नियोकोभलाई लिएर चीनका वैज्ञानिकले विश्वलाई चेतावनी दिएका छन् । यो भेरियन्टको बारेमा शोध गर्ने वैज्ञानिकले भनेका छन्, ‘यो नयाँ भेरियन्ट एकदमै बढी संक्रामक र खतरनाक छ ।’

वैज्ञानिकले यस नयाँ शोधलाई वेबसाइटमा प्रकाशित गरेका छन् । शोधपत्रमा भनिएको छ, कोरोनाको नयाँ भेरियन्ट नियोकोभ र त्यसको सहयोगी भेरियन्ट पीडीएफ–२१८० कोभले मान्छेलाई एकदमै तीव्र रुपमा संक्रमित गर्न सक्छ । यस सोधमा लेखिएको छ, यस भाइरसको संक्रमण हुने तीनमध्ये एक जनाको मृत्यु हुनसक्छ ।

वुहान विश्वविद्यालय र चाइना एकेडेमी अफ साइन्सेसका वैज्ञानिक र शोधकर्ताले नियोकोभ भाइरसबारे चेतावनी दिएका हुन् । वैज्ञानिकका अनुसार कोरोनाको नयाँ भेरियन्ट नियोकोभले मानिसलाई संक्रमित बनाउन केवल एक म्युटेसन भए पुग्छ । चीनका वैज्ञानिकले चेतावनी दिएसँगै रुसका सरकारी भाइरोलोजी शोध केन्द्रले पनि यस विषयमा आफ्नो धारणा राखेको छ । रुसका सरकारी भायरोलोजी शोध केन्द्रका अनुसार चीनका वैज्ञानिकले जारी गरेको आँकडा अनुसार उक्त भेरियन्ट अहिलेसम्म मान्छेलाई संक्रमित गर्न सक्षम छैन । उनीहरुले यसको जोखिमलाई मध्यनजर गर्दै थप खोज अनुसन्धानको जरुरी छ ।

दक्षिण अफ्रिाकाको चमेरामा भेटिएको थियो नयाँ भाइरस

कोरोनाको यो नयाँ भेरियन्ट दक्षिण अफ्रिकामा पाइएको हो । यस भेरियन्टको पुष्टि अहिलेसम्म चमेरामा मात्र भएको छ । वुहान युनिभर्सिटी र चाइनीज एकेडेमी अफ साइन्सेस, इन्स्टिच्युट अफ बायो फिजिक्सका वैज्ञानिक एवं शोधकर्ताले भनेका छन्, अहिले यो भाइरस पंक्षीमा देखिएको भएपनि यसले मान्छेलाई संक्रमित गर्न सक्छ ।

प्रकाशित: Jan 29, 2022| 05:30 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।