बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • होण्डुरसको पहिलो महिला राष्ट्रपतिका बनिन् सिओमारा क्यास्ट्रो

होण्डुरसको पहिलो महिला राष्ट्रपतिका बनिन् सिओमारा क्यास्ट्रो

वामपन्थी नेतृ सिओमारा क्यास्ट्रोले होन्डुरसको प्रथम महिला राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेकी छन्। उनले अपराध र गरिबीको चपेटामा परेको राष्ट्रलाई ‘समाजवादी र लोकतान्त्रिक राज्य’मा सुधार गर्ने वचन दिएकी छन्।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

होन्डुरस- वामपन्थी नेतृ सिओमारा क्यास्ट्रोले होन्डुरसको प्रथम महिला राष्ट्रपतिको रुपमा शपथ ग्रहण गरेकी छन्। उनले अपराध र गरिबीको चपेटामा परेको राष्ट्रलाई ‘समाजवादी र लोकतान्त्रिक राज्य’मा सुधार गर्ने वचन दिएकी छन्। 

National life

नेतृत्वका लागि भएको करिब एक हप्ता लामो सङ्घर्षपछि ६२ बर्षीया क्यास्ट्रोले आफ्नो अधिकारलाई चुनौती दिने आफ्नो पार्टीभित्रको मतभेदलाई अन्त्य गर्ने प्रतिवद्धतासहित विशाल समारोहबीच शुक्रबार शपथ लिएकी हुन्। 

टेगुसिगाल्पा राष्ट्रिय रङ्गशालामा आफ्नो पहिलो आधिकारिक सम्बोधनमा क्यास्ट्रोले होण्डुरसले सामना गरिरहेको सामाजिक तथा आर्थिक दुःखका चर्चा गदै शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा र रोजगारमा सुधार ल्याउने प्रतिज्ञा गरेकी हुन्। 

उनले आफू देशमा भइरहेका गतिविधिबाट ‘दिक्क’ बनेको तर ‘समाजवाद र प्रजातन्त्र’ को अभ्यास गर्दै देशमा सुधारको अनुभूति हुनेगरी काम गर्ने बताएकी छन्। 

होण्डुरसको सार्वजनिक ऋण करिब १७ अर्ब डलर छ। क्यास्ट्रोलाई न्यायाधीश कार्ला रोमेरोले शपथ दिलाएका हुन्। समारोहमा अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस, स्पेनका राजा फेलिप छैठौंलगायतको उपस्थिति रहेको थियो।

प्रकाशित: Jan 29, 2022| 03:30 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।