बिहीबार, वैशाख १७, २०८३

बेइजिङ ओलम्पिकका लागि आएका १२ जनामा कोरोना संक्रमण

चीनको संघीय राजधानी बेइजिङ्गमा हुन लागेको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएकामध्ये १२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ।
 |  शनिबार, माघ १५, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ १५, २०७८

बेइजिङ- चीनको संघीय राजधानी बेइजिङ्गमा हुन लागेको ओलम्पिक खेलकुद प्रतियोगितामा सहभागी हुन आएकामध्ये १२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ। 

National life

आगामी शुक्रबारदेखि सुरु हुने प्रतियोगितामा सहभागिताका लागि विभिन्न देशबाट सहभागीहरू आउने क्रम तीव्र छ। सहभागी आउने र परीक्षण गर्ने क्रम चलिरहेको र यो सङ्ख्या पछिल्लो २४ घण्टाको मात्रै भएको अधिकारीहरूले जनाएका छन्। 

प्रतियोगिताका लागि बिहीबार रातिसम्ममा एक हजार ६८२ जना बेइजिङ्ग आइपुगेका छन्। तीमध्ये एक हजार ४२ जना खेलाडी नै रहेका छन् भने ६४० जना खेल पदाधिकारी तथा अन्य रहेका छन्।

प्रतियोगितामा सहभागी हुन आएका सवैको पीसीआर परीक्षण विमानस्थलमै गर्ने व्यवस्था मिलाइएको अधिकारीहरूले जनाएका छन्।

कोरोनाभाइरसको महामारीबीचमा ठूलो चुनौतीलाई सामना गर्दै आयोजना गरिएको प्रतियोगिता फेब्रुअरी ४ मा सुरु भइ फेब्रुअरी २० मा सम्पन्‍न हुनेछ।  

प्रकाशित: Jan 29, 2022| 04:00 शनिबार, माघ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।