आइतबार, फागुन २४, २०८२

इरान बन्यो एसियाबाट विश्वकपमा छनोट हुने पहिलो देश

त्यसो त आयोजक देश कतार यसअघि नै विश्पकप खेल्न छनोट भइसकेको छ। तर, कतार आयोजक देशका हिसाबले छनोट भएको हो। तर एसियाबाट छनोटको माध्यम हुँदै कुनै देश विश्वकपमा छनोट भइसकेका थिएनन्।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

काठमाडौं- विश्वकपको एसियाली छनोटको माध्यमबाट यही वर्ष कतारमा हुने फिफा विश्वकपमा छनोट हुने इरान पहिलो देश बनेको छ। बुधबार रातिको खेलमा इराकलाई १-० गोलले हराउँदै विश्वकपमा स्थान सुरक्षित गरेको हो।

National life

त्यसो त आयोजक देश कतार यसअघि नै विश्पकप खेल्न छनोट भइसकेको छ। तर, कतार आयोजक देशका हिसाबले छनोट भएको हो। तर एसियाबाट छनोटको माध्यम हुँदै कुनै देश विश्वकपमा छनोट भइसकेका थिएनन्।

बिहीबारको खेलमा जित निकाल्दै छनोटको समूह ए मा रहेको इरानले सात खेलबाट १९ अंक बनाएर विश्वकपमा स्थान बनाएको हो। तेस्रो स्थानको यूएईको तीन खेल बाँकी हुँदा ९ अंक मात्र भएको कारण इरानले विश्वपमा स्थान पक्का गरेको हो।

बिहीबार इराकविरुद्ध जित दिलाउन इरानमा मेघि तारेमीले खेलको ४८औं मिनेटमा निर्णायक गोल गरेका थिए। अहिले पराजित इराक चार अंकका साथ समूहको पाँचौ स्थानमा छ।

दक्षिण कोरिया दोस्रो स्थानमा छ भने युनाइटेड अरब इमिरेट्स तेस्रो स्थानमा रहेको छ।

Laxmi sunrise bank
kumari

विश्वकपको एसियाली छनोट अन्तर्गत तेस्रो चरणको छनोटमा दुई समूह रहेका छन्। दुई समूहमा ६-६ गरि १२ देशको सहभागिता रहेको छ। डबल राउन्ड रोविनमा खेल भइसकेपछि दुवै समूहबाट शीर्ष दुई स्थानका टिमले विश्वकप खेल्न पाउनेछन्।

त्यस्तै, तेस्रो स्थानको दुई टिम(दुवै समूहका)ले भने चौथो चरणमा एक खेल खेल्नेछन्। सो खेलको विजेताले दक्षिण अमेरिकी छनोटको पाँचौ भएको टिमसँग खेल्नेछ। र, त्यो खेलको विजेताले विश्वकप खेल्न पाउनेछ।अहिले समूह बीको शीर्ष दुईमा साउदी अरेयिबा र जापान रहेका छन्।

प्रकाशित: Jan 28, 2022| 08:55 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।