बिहीबार, वैशाख १७, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • राष्ट्रसंघद्वारा लिबियाका दलहरूलाई चुनावको मिति तोक्न आह्वान

राष्ट्रसंघद्वारा लिबियाका दलहरूलाई चुनावको मिति तोक्न आह्वान

लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष सल्लाहकार स्टेफनी विलियम्सले यहाँका राजनीतिक दलहरूलाई देशमा आम निर्वाचनको स्पष्ट समयरेखा तय गर्न आह्वान गरेका छन्।
 |  शुक्रबार, माघ १४, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ १४, २०७८

त्रिपोली- लिबियाका लागि संयुक्त राष्ट्रसंघका महासचिवका विशेष सल्लाहकार स्टेफनी विलियम्सले यहाँका  राजनीतिक दलहरूलाई देशमा आम निर्वाचनको स्पष्ट समयरेखा तय गर्न आह्वान गरेका छन्। 

National life

विलियम्सले बुधबार दक्षिणी शहर सभाको नगर परिषद्का प्रतिनिधिहरूसँगको भेटमा उक्त टिप्पणी गरेका हुन्। बैठकमा शिक्षाविद्, प्रतिष्ठित व्यक्तित्व र युवा तथा महिला समूहका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।

उनले भने, 'आजको मेरो भ्रमण सभाका मानिसहरूलाई आमनेसामने भेट्ने मेरो दृढ संकल्पको अभिव्यक्ति थियो र उनीहरूका सरोकार र विचारहरू विशेष गरी लिबियाको राजनीतिक भविष्य र त्यसमा कसरी संयुक्त राष्ट्रसंघले उनीहरूलाई शान्तिको खोजीमा मद्दत गर्न सक्छ भन्ने बारेमा छलफल गर्नु थियो।'

'सभा नगरबाट मैले प्रतिनिधिसभा, राज्यको उच्च परिषद्, राष्ट्रिय एकताको सरकार र अन्य सम्बन्धित निकाय र दलहरूलाई आफ्ना जनताको इच्छा सुन्न र निर्वाचनलाई दृढताका साथ अघि बढाउन आह्वान गरेको छु। सहमतिको बाटो र स्पष्ट समयरेखा मार्फत जसले छोटो सम्भावित समय सीमामा चुनाव गराउन सक्छ त्यस बारे छलफल गर्नुहोस्,' विलियम्सले भने।

लिबियामा गत वर्ष डिसेम्बर २४ मा राष्ट्रपतिको निर्वाचन हुने अपेक्षा गरिएको थियो तर प्राविधिक र कानुनी कारणले निर्वाचन अनिश्चितकालका लागि स्थगित भएको निर्वाचन आयोगले जनाएको छ।

चुनाव संयुक्त राष्ट्रसंघ-प्रायोजित लिबिया राजनीतिक संवाद फोरम द्वारा अपनाईएको रोडम्यापको एक हिस्सा हो जुन वर्षौंको राजनीतिक विभाजन र असुरक्षापछि लिबियामा स्थिरता ल्याउने उद्देश्यले निर्देशित छ।

प्रकाशित: Jan 28, 2022| 03:30 शुक्रबार, माघ १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।