रियाद- साउदी नेतृत्वको एक गठबन्धनले गत हप्ता यमनी जेलमा घातक आक्रमण गरेको आरोपको अस्वीकार गर्दै घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
गठबन्धनले विद्रोही नियन्त्रित भूभागको मध्यक्षेत्रमा रहेको बन्दीगृहमा शुक्रबार भएको आक्रमणमा कम्तिमा ७० जनाको ज्यान गएको जनाइएको छ।
गठबन्धनले घटनाबारे छानबिन गर्न स्वतन्त्र रुपमा टोली परिचालन गरिएको यस विषयमा अनुसन्धान सुरू भइसकेको साउदी प्रेस एजेन्सीले अधिकारीलाई उद्धृत गरी उल्लेख गरेको छ।
'घटनाको समाचार आएको पहिलो घण्टादेखि सम्बन्धित टोलीले अनुगमन गरेको र त्यससँग सम्बन्धित तथ्याङ्क तथा कागजात सङ्कलन गर्न सुरु गरेको छ,' समितिले भनेको छ, 'छानबिन सकिएलगत्तै परिणाम घोषणा हुनेछ।'
इरान समर्थित विद्रोहीविरुद्ध सरकारलाई समर्थन गर्न सन् २०१५ मा साउदी नेतृत्वको गठबन्धनले यमनी गृहयुद्धमा हस्तक्षेप गरेको थियो।
सीमाविहीन स्वास्थ्यकर्मीले शुक्रबारको आक्रमणमा गठबन्धनको हात रहेको हुनसक्ने बताएका छन्। हुथी विद्रोहीले आक्रमणम कम्तीमा ९१ जनाको मृत्यु भएको र २०० भन्दा बढी घाइते भएको बताएका छन्।
मानवीय सहायताका लागि काम गर्दै आएका निकायका एक सदस्यले नाम उल्लेख नगर्ने शर्त गत शनिबार दिएको बयानमा भनिएको छ, 'यो हवाई आक्रमण हो भन्ने कुरामा कुनै दुविधा छैन। आक्रमण सादा शहरका सबै नागरिकले सुनेका थिए।'
बुधबार मानवअधिकार समूह एम्नेस्टी इन्टरनेशनलले बताएअनुसार गठबन्धनले जेललाई प्रहार गरेको भनिएको आक्रमणमासंयुक्त राज्य अमेरिकामा निर्माण भएका हतियारको प्रयोग भएको थियो।
सन् २०१४ मा सुरू भएको यस द्वन्द्वले प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सयौं हजार मानिसको ज्यान लिएको छ र लाखौं लाई अनिकालको सँघारमै छोडेको छ। संयुक्त राष्ट्रसंघले यसलाई विश्वकै सबैभन्दा खराब मानवीय संकट भनेको छ।