आइतबार, फागुन २४, २०८२

एयर इन्डिया सात दशकपछि फेरि टाटाकै

भारतको राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी एयर इन्डिया त्यहीँको व्यापारिक समूह टाटाले किनेको छ।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

काठमाडौं– भारतको राष्ट्रिय ध्वजावाहक वायुसेवा कम्पनी एयर इन्डिया त्यहीँको व्यापारिक समूह टाटाले किनेको छ। आज बिहीबार भएको सम्झौताअनुसार टाटा समूहले भारत सरकारको स्वामित्वमा रहेको एयर इन्डियालाई अधिग्रहण गरेको हो।

National life

निरन्तर घाटामा गएपछि एयर इन्डियालाई सरकारले निजी क्षेत्रलाई सुम्पिएको हो। भारतका नागरिक उड्डयनमन्त्री ज्योतिरादियत्य सिंधियाले ट्विटरमा भनेका छन्, ‘सबै नियम प्रक्रिया पूरा गरेर स्वामित्व हस्तान्तरण भएको छ। एयर इन्डिया बेच्ने प्रक्रिया नियमसंगत तरिकाबाट पूरा गरिएको छ।’

गत वर्ष टाटा समूहले एयर इन्डियाको लिलामी जितेको थियो। २०२१ अक्टोबरमा भएको लिलामीमा टाटा समूहको टाटा सन्सले एयर इन्डियामा सबैभन्दा बढी बोली लगाएको थियो। त्यसपछि अधिग्रहण प्रक्रिया अगाडि बढाइएको थियो।

चाखलाग्दो कुरा त के छ भने एयर इन्डियाको स्थापना टाटा समूहले नै सन् १९३२ मा गरेको थियो। स्थापनाकालमा टाटा एयरलाइन्स नामाकरण गरिएको कम्पनी भारत सरकारले सन् १९५३ मा आफ्नो स्वामित्वमा ल्याई सञ्चालन गरिरहेको थियो। सरकारले लिएपछि कम्पनीको नाम एयर इन्डिया राखिएको थियो। कम्पनी अधिग्रहण गरेपछि टाटा टाटा समूहका संस्थापक रतन टाटाले एयर इन्डिया घर फर्किएको टिप्पणी गरेका छन्।

भारत सरकारले टाटालाई २ अर्ब ४० करोड अमेरिकी डलरमा एयर इन्डिया बिक्री गरेको हो। कुल ९.५ अर्ब अमेरिकी डलर घाटामा रहेको एयर इन्डिया भारत सरकारले लामो समयदेखि बेच्ने प्रयास गरिरहेको थियो।

Laxmi sunrise bank
kumari

प्रकाशित: Jan 27, 2022| 17:47 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।