आइतबार, फागुन २४, २०८२

सिरियामा पाँच सयभन्दा बढी लडाकुद्वारा आत्मसमर्पण

सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार उनीहरुले सिरियाली सुरक्षा फौज समक्ष आत्मसमर्पण गरेका हुन।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

National life
Laxmi sunrise bank
kumari

भेन्टियान- सिरियामा आतङ्ककारी घोषणा गरिएको समूह इस्लामिक स्टेट (आइएस) का ५०० भन्दा बढी लडाकुहरुले आत्मसमर्पण गरेका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार उनीहरुले सिरियाली सुरक्षा फौज समक्ष आत्मसमर्पण गरेका हुन। 

‘आत्मसमर्पण गर्ने विद्रोही लडाकुहरुको संख्या ५५० भन्दा धेरै रहेको छ,’ एक सरकारी अधिकारीले भने। आत्मसमर्पण गरेका सवै लडाकुहरु कारागारमा राखिएका थिए। यही जनवरी २० मा लडाकुहरुले अल हासाकाहमा रहेको अल सिनाअ कारागारमा आक्रमण गरेका थिए। त्यही बेलामा धेरै लडाकुहरुलाई सरकारी फौजले समातेर कारागारमा राखेको थियो। 

लडाकुहरुले जेलमा आक्रमण गर्दा लडाकु र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भिडन्त पनि भएको थियो। लडाकुहरुसँग भिड्नका लागि १० हजार सरकारी सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो। लडाकु र सुरक्षाकर्मीहरुका बीचमा देशका विभिन्न ठाउमा अहिले पनि बेला बेलामा भिडन्त हुने गरेकाले हजारौ मानिस विस्थापित भएका छन्।  एएनआई

प्रकाशित: Jan 27, 2022| 10:25 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।