बिहीबार, वैशाख १७, २०८३

सिरियामा पाँच सयभन्दा बढी लडाकूले गरे आत्मसमर्पण

सिरियामा आतङ्ककारी घोषणा गरिएको समूह इस्लामिक स्टेट (आइएस) का ५०० भन्दा बढी लडाकूहरुले आत्मसमर्पण गरेका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार उनीहरुले सिरियाली सुरक्षा फौज समक्ष आत्मसमर्पण गरेका हुन्।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

National life

दमासकस- सिरियामा आतङ्ककारी घोषणा गरिएको समूह इस्लामिक स्टेट (आइएस) का ५०० भन्दा बढी लडाकूहरुले आत्मसमर्पण गरेका छन्। सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार उनीहरुले सिरियाली सुरक्षा फौज समक्ष आत्मसमर्पण गरेका हुन्। 

'आत्मसमर्पण गर्ने विद्रोही लडाकूहरुको सङ्ख्या ५५० भन्दा धेरै रहेको छ,' एक सरकारी अधिकारीले भने। आत्मसमर्पण गरेका सबै लडाकूहरु कारागारमा राखिएका थिए। यही जनवरी २० मा लडाकूहरुले अल हासाकाहमा रहेको अल सिनाअ कारागारमा आक्रमण गरेका थिए। त्यही बेलामा धेरै लडाकूहरुलाई सरकारी फौजले समातेर कारागारमा राखेको थियो। 

लडाकूहरुले जेलमा आक्रमण गर्दा लडाकू र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भिडन्त पनि भएको थियो। लडाकूहरुसँग भिड्नका लागि १० हजार सरकारी सुरक्षाकर्मीहरु परिचालन गरिएको थियो। लडाकू र सुरक्षाकर्मीहरुका बीचमा देशका विभिन्न ठाउमा अहिले पनि बेला बेलामा भिडन्त हुने गरेकाले हजारौ मानिस विस्थापित भएका छन्।

प्रकाशित: Jan 27, 2022| 03:45 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।