आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोभिड–१९ नियम पालना गर्दै भारतले मनायो ७३ औं गणतन्त्र दिवस

कोभिड–१९ नियम पालना गर्दै भारतले मनायो ७३ औं गणतन्त्र दिवस

भारतले कडा र पर्याप्त सुरक्षा उपस्थिति र कोभिड–१९ नियम पालना गर्दै बुधबार भारतले ७३ औं गणतन्त्र दिवस मनाएको छ।
 |  बिहीबार, माघ १३, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १३, २०७८

नयाँ दिल्ली- भारतले कडा र पर्याप्त सुरक्षा उपस्थिति र कोभिड–१९ नियम पालना गर्दै बुधबार भारतले ७३ औं गणतन्त्र दिवस मनाएको छ।  

National life

नयाँ दिल्लीको राजपथमा आयोजना गरिएको ७३ औं गणतन्त्र दिवसको मुख्य समारोहमा उपस्थित भएर राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रिय झण्डा फहराएपछि राष्ट्रिय गान बजाएर समारोहको उद्घाटन गरिएको हो।

यस परम्पराअनुसार परेडको सुरुवातलाई चिनाउन २१ तोपको सलामी पनि दिइएको थियो। 

कोभिड–१९ महामारीको तेस्रो लहर चलिरहेको अवस्थामा यस वर्ष गणतन्त्र दिवसको परेड कार्यक्रममा पाँच हजार जनाको समूहमा मात्र उपस्थित गराइएको थियो। 

पूर्ण खोप लगाएका वयस्क तथा १५ वर्षभन्दा माथिका किशोरकिशोरीलाई मात्र कार्यक्रममा सहभागी हुन अनुमति दिइएको थियो।    गणतन्त्र दिवस समारोहमा गत वर्ष जस्तै यस वर्ष पनि महामारीका कारण कसैलाई प्रमुख अतिथि बनाइएको थिएन।

Laxmi sunrise bank
kumari

भारतले प्रमुख अतिथिको रूपमा यस समारोहमा उपस्थित हुन उत्सवको क्रममा प्रत्येक वर्ष विदेशी मुलुकका राष्ट्र प्रमुखलाई बोलाउने गरिएपनि महामारीका कारण यस बर्ष पनि यो परम्परालाई निरन्तरता नदिइएको हो।

अधिकारीहरूका अनुसार दिल्लीमा कुनै अप्रिय घटना नहोस् भनेर प्रहरी र अर्धसैनिकका विशाल सेनाको रूपमा पर्याप्त सुरक्षाकर्मीलाई तैनाद् गरिएको थियो।

नयाँ दिल्लीबाहेक देशका विभिन्न भाग र विदेशमा रहेका कुटनीतिक नियोगहरूमा पनि विभिन्न कार्यक्रमबीच गणतन्त्र दिवस मनाइएको भारतीय अधिकारीले बताएका छन्।

प्रकाशित: Jan 27, 2022| 00:10 बिहीबार, माघ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।