काठमाडौं- औषधि व्यवस्था विभागका पूर्वमहानिर्देशक नारायण ढकालललाई मन्त्रालय तानिएको छ। गत पुस २७ मा स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले विभाग महानिर्देशक ढकाललाई विभागकै मातहातको औषधि प्रयोगशालामा सरुवा गरेका थिए। तर ढकाल सरुवा गरेको दुई सातासम्म पनि प्रयोगशालमा जान मानेका थिएनन्।
स्वास्थ्यमन्त्री खतिवडाले औषधि प्रयोगशालाका निर्देशक भरत भट्टराईलाई औषधि व्यवस्था विभागको महानिर्देशकको जिम्मेवारी दिएका थिए। दुवै ११ औं तहका कर्मचारी हुन्। तर, उनले आफूभन्दा जुनिएरलाई विभागको महानिर्देशक बनाएपछि सोही मातहतको कार्यालायमा आफू नजाने भन्दै औषधि व्यवस्था विभागमै हाजिर गर्दै आएका थिए।
दुई सातासम्म पनि भनेको ठाउँमा जान नमानेपछि उनलाई मन्त्रालय तानिएको स्वास्थ्यमन्त्रीका विज्ञ सल्लाहाकार डा. रमेश ढकालले जनाकारी दिए। उनले नेपाल समयसँग भने, 'हालको लागि ढकालको समस्या समाधान भएको छ, उहाँलाई मन्त्रालय तानिएको छ, आजै पत्र पठाइएको छ तर मन्त्रालयमा कुन विभाग दिने भन्ने निर्णय भएको छैन।’
गत पुस २७ मा स्वास्थ्यमन्त्री खतिवडाले विभागका महानिर्देशक ढकाललाई औषधि प्रयोगशाला पठाएका थिए भने प्रयोगशालाका निर्देशक भरत भट्टराईलाई विभागको महानिर्देशकको रुपमा सरुवा गरेका थिए। मन्त्रालयले सरुवा गरेपनि ढकाल त्यहाँ जान मानेका थिएनन्।
भट्टराईले आफू बस्ने कुर्सी पाएनन् र हाजिर गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फर्किएर अपडेट गराए। त्यसपछि भट्टराई दैनिक औषधि व्यवस्था विभाग पुग्छन् र हाजिर गरी फर्किने गरेका थिए। माघ २ गतेदेखि उनको यो प्रकृया चलिरहेको थियो। तर अब यो समस्या समाधान भएको छ।
सरुवा गरेको पाँचौं दिन माघ २ गते नयाँ नियुक्त भएका भट्टराई १० बजे नै कार्यालय पुगेका थिए तर उनी पुग्नुअगावै नारायण ढकाल कार्यालय पुगेर कुर्सीमा बसिसकेका थिए। नयाँ सरुवा भएका भट्टराईले कार्यालय पुगेर हाजिर गरे, कार्यकक्षमा छिरे, तर त्यहाँ ढकाललाई देखेपछि उनले आफू महानिर्देशक भएको सुनाए। त्यतिबेला ढकालले आफूलाई सरुवा भएको बारे जानकारी नभएको सुनाए र कुर्सी नछोडी आफ्नै काममा लागे।
त्यसपछि भट्टराईले आफू बस्ने कुर्सी पाएनन् र हाजिर गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा फर्किएर अपडेट गराए। त्यसपछि भट्टराई दैनिक औषधि व्यवस्था विभाग पुग्छन् र हाजिर गरी फर्किन्छन्। माघ २ गतेदेखि उनको यो प्रकृया चलिरहेको थियो। तर अब यो समस्या समाधान भएको छ।
पाँच महिना अघि विभागबाट राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशक बनाइएका भट्टराई पुन: विभागमा फिर्ता भएका छन्। विभागमा १५ भदौसम्म भट्टराई महानिर्देशक थिए। त्यसपछि गत १६ भदौमा स्वास्थ्य मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ढकाललाई महानिर्देशक बनायो भने भट्टराईलाई राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशक बनाएको थियो।