बिहीबार, चैत ५, २०८२

नेपालगञ्जमा कोरोनाबाट एक महिलाको मृत्यु

नेपालगञ्जमा कोरोना संक्रमणबाट एक महिलाको ज्यान गएको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

National life
Laxmi sunrise bank
kumari

नेपालगञ्ज- नेपालगञ्जमा कोरोना संक्रमणबाट एक महिलाको ज्यान गएको छ। नेपालगञ्ज उपमहानगरपालिका-२ की ७० वर्षीया महिलाको मंगलबार बिहान ७ बजेर ५० मिनेटमा ज्यान गएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा गरिएको पिसिआर परीक्षणमा उनमा स‌ंक्रमण पुष्टि भएको थियो। कोरोना  संक्रमण पुष्टि भएपछि उनलाई भोलिपल्ट नै भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो।

उनको उपचारकै क्रममा ज्यान गएको हो। योसँगै बाँकेमा कोरोना संक्रमणबाट ज्यान गुरमाउनेको  संख्या ३ सय ४६ पुगेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ।

प्रकाशित: Jan 25, 2022| 10:15 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्