शनिबार, जेठ २, २०८३

आज नेपालमा थप २३ लाख डोज मोडर्ना खोप आउँदै

ठूलो परिमाणमा आज नेपालमा कोरोनाविरुद्धको मोर्डना खोप आउने भएको छ।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

National life

काठमाडौं- ठूलो परिमाणमा आज नेपालमा कोरोनाविरुद्धको मोर्डना खोप आउने भएको छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका अनुसार आज २३ लाख ४० हजार डोज मोडर्नाको खोप नेपाल आउन लागेको हो।

आपूर्ति शाखाका प्रमुख सुरेन्द्र चौरासियाले मंगलबार थप २३ लाख ४० हजार डोज खोप नेपाल आउने  बताएका हुन्। यसअघि सोमबार पनि १६ लाख ६० हजार डोज मोर्डना खोप नेपाल आइसकेको छ। 

आज आउने खोप सरकारले विश्व बैंकको सपोर्टमा खरिद गरेको हो। 

प्रकाशित: Jan 25, 2022| 08:25 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्