शनिबार, जेठ २, २०८३

विश्वभर थपिए १८ लाखभन्दा बढी कोरोना संक्रमित

विश्वमा पछिल्लो २४ घन्टामा मात्रै १८ लाख भन्दाबढीमा कोरोना संक्रमण पुष्टि भएको छ। वल्डोमिटरका अनुसार पछिल्लो २४ घन्टामा १८ लाख ९४ हजारमा जनामा संक्रमण पुष्टि भएको हो।
 |  मंगलबार, माघ ११, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ११, २०७८

काठमाडौं- विश्वमा पछिल्लो २४ घन्टामा मात्रै १८ लाख भन्दाबढीमा कोरोना संक्रमण पुष्टि भएको छ। वल्डोमिटरका अनुसार पछिल्लो २४ घन्टामा १८ लाख ९४ हजारमा जनामा संक्रमण पुष्टि भएको हो।

National life

यससँगै विश्वमा कूल संक्रमित संख्या ३५ करोड ४४ लाखमा पुगेको छ। यस्तै विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या २८ करोड नाघेको छ। 

पछिल्लो २४ घन्टामा मात्रै विश्वमा १७ लाख ६३ हजारले संक्रमण जितेका छन्। यससँगै विश्वभर कोरोना जित्नेको सङ्ख्या २८ करोड १५ लाख नाघेको हो।

यस्तै २४ घण्टामा ५ हजार ७ सयको मृत्यु भएसँगै कोरोनाले मृत्यु हुनेको संख्या ५६ लाख २१ हजार नाघेको कोरोनाको तथ्यांक अद्यावधिक गरिरहेको वल्डोमिटरले उल्लेख गरेको छ।

यूरोपमा ११ करोड ५० लाख, अफ्रिकामा १० करोड ७७ लाख, एसियामा ९ करोड ५१ लाख, उत्तर अमेरिकामा ८ करोड ५० लाख, दक्षिण अमेरिकामा ४ करोड ६० लाख र महासागरमा २४ लाख १८ हजारमा संक्रमण पुष्टि भएको छ।

वल्डोमिटरका अनुसार अझै पनि विश्वभर ६ करोड ७२ लाख सक्रिय संक्रमित रहेकामा ९५ हजारको अवस्था जटिल छ र बाँकीको अवस्था सामान्य छ।

प्रकाशित: Jan 25, 2022| 07:50 मंगलबार, माघ ११, २०७८
प्रतिक्रिया दिनुहोस्