काठमाडौं- अन्तर्राष्ट्रिय समुदायले व्यापक उपायहरू अपनाएमा सन् २०२२ मा कोरोनाभाइरस महामारीको अन्त्य गर्न सकिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले सोमबार बताएका छन्।
'डब्लूएचओले प्रमाण, रणनीति, उपकरण र प्राविधिक र परिचालन समर्थन देशहरूलाई आवश्यक पर्ने प्रमाणहरू उपलब्ध गराउन राष्ट्रिय, क्षेत्रीय र विश्वव्यापी रूपमा काम गरिरहन्छ। यदि देशहरूले यी सबै रणनीति र उपकरणहरू व्यापक रूपमा प्रयोग गरे भने हामी तीव्र चरणको अन्त्य गर्न सक्छौं,' टेड्रोसले डब्ल्युएचओ कार्यकारी बोर्डको १५० औं सत्रको उद्घाटनमा उक्त कुरा उल्लेख गरेका हुन्।
महामारीबाट पाठ सिक्नुपर्ने र त्यस्ता आपतकालीन अवस्थाहरू रोक्नको लागि अहिले नयाँ समाधानहरू विकास गर्न आवश्यक रहेकोसमेत उनले बताएका छन्।
तर, वैज्ञानिकहरुले भने कोरोना महामारीको अर्को भेरियन्टको जोखिम कायमै रहेकोले सतर्कता अपनाउनुपर्ने र ढुक्क हुने स्थिति नभएको बताएका छन्। उनीहरुले डब्लूएचओले हतारमा अभिव्यक्ति दिएकोसमेत बताएका छन्।