आइतबार, फागुन २४, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बुर्किना फासोका राष्ट्रपति विद्रोही सेनाको नियन्त्रणमा

बुर्किना फासोका राष्ट्रपति विद्रोही सेनाको नियन्त्रणमा

पश्‍चिम अफ्रीकी मुलुक बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई विद्रोही सेनाहरुले नियन्त्रणमा लिएका छन्।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

बुर्किना फासो– पश्‍चिम अफ्रीकी मुलुक बुर्किना फासोका राष्ट्रपति रोच मार्क क्रिस्चियन काबोरेलाई विद्रोही सेनाहरुले नियन्त्रणमा लिएका छन्।  

National life

द्वन्द्वग्रस्त देशमा सैन्य कू को डर देखाउँदै सेनाले अधिकांश सैनिक ब्यारेकमा विद्रोह गरेको एक हप्तापछि राष्ट्रपति काबोरेलाई नियन्त्रणमा लिएको अलजजिराले जनाएको छ। आइतबार राति राजधानी ओगाडौगुस्थित राष्ट्रपति निवास नजिकै गोली चलेको ठूलो आवाज सुनिएको थियो। 

सोमबार बिहान राष्ट्रपति कार्यालयमा रहेका धेरै सशस्त्र सवारी साधनहरुमा गोली लागेको निशान दिएको थियो। एक सवारीमा रगत लतपतिएको देखिएको थियो। दुई सुरक्षा स्रोत र एक पश्चिम अफ्रिकी कूटनीतिज्ञले रोयटर्स समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार राष्ट्रपति काबोरेलाई सैन्य शिविरमा हिरासतमा राखिएको छ। यस विषयमा सरकारले कुनै प्रतिक्रिया दिएको छैन। 

आइतबार बुर्किना फासोको सरकारले सैन्य कू हुन नसक्ने र कुनै कू भएको विषय अस्वीकार गरेको थियो। 'हामीले भर्खरै सैन्य अड्डा पार गर्‍यौं, जहाँ काबोरेलाई अहिले बन्दी बनाएको आरोप लगाइएको छ,' पत्रकार हेनरी विल्किन्सले सोमबार औगाडोगुबाट रिपोर्ट गरे, 'ट्राफिक सामान्य रूपमा चलिरहेको छ, तर राष्ट्रपति भवन वरपरको सडकमा भने ठूलो संख्यामा सैन्य अधिकारीहरू छन्।'

एएफपी समाचार एजेन्सीले पनि राष्ट्रपतिलाई अन्य सरकारी अधिकारीहरूसहित पक्राउ गरेको जनाएको छ। राजधानीको सांगौले लामिजाना ब्यारेकमा राष्ट्रपति काबोरे, संसदका प्रमुख र मन्त्रीहरुलाई नियन्त्रणमा लिएर राखेको दुई सुरक्षा अधिकारीहरूले एएफपीलाई बताए।

Laxmi sunrise bank
kumari

यसअघि मुलुकमा राजनीतिक संकट बढ्दै गएको भन्दै ९ डिसेम्बरमा प्रधानमन्त्री जोसेफ मारी डाबिरेले राजीनामा दिएका थिए। मुलुकमा हिंसालाई नियन्त्रण गर्न सरकार असफल भएको भन्दै नागरिकहरु सडकमा उत्रिएका थिए। नागरिकहरु सडकमा उत्रिँदै राष्ट्रपतिको राजीनामा माग गरेका थिए। सरकारले भने आन्दोलनलाई दमन गर्दै आएको थियो। 

प्रकाशित: Jan 24, 2022| 16:26 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।