बिहीबार, चैत ५, २०८२

शुक्रराज अस्पतालमा ६० स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

काठमाडौं- शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएको छ। अस्पतालका ६० भन्दा बढी कर्मचारीमा कोरोना देखिएसँगै अस्पतालले सोमबारदेखि सात दिनसम्मका लागि खोप कार्यक्रम स्थगित गरेको छ।

National life

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सोमबारदेखि सात दिनका लागि खोप कार्यक्रम स्थगित गरिएको अस्पतालका सूचना अधिकारी नवराज गौतमले बताए। एकै पटक ठूलो संख्यामा स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको अस्पताल प्रशासनले जनाएको छ।

स्वास्थ्यकर्मी संक्रमित भए पनि अस्पतालले अन्य कुनै सेवा नरोकेको गौतमले जानकारी दिए । थप स्वास्थ्यकर्मी संक्रमित नहोउन् र सेवा नै स्थगित गर्नुपर्ने अवस्था नआओस् भनेर खोप कार्यक्रम केही दिनका लागि मात्रै स्थगित गरिएको उनले बताए।

हाल स्पतालमा तीन सय कर्मचारी कार्यरत छन्। अस्पतालमा १८ कोरोना संक्रमित रहेकोमा ११ जना अस्पतालको आइसीयूमा उपचाररत छन्।

प्रकाशित: Jan 24, 2022| 11:37 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्