बिहीबार, चैत ५, २०८२

गण्डकी प्रदेशमा तीन सय स्वास्थ्यकर्मी संक्रमित

पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर संक्रमित हुनेको संख्या बढेको छ। आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ।
 |  सोमबार, माघ १०, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, माघ १०, २०७८

कास्की- पछिल्ला समय कोरोना भाइरसको तेस्रो लहरसँगै देशभर संक्रमित हुनेको संख्या बढेको छ। आम नागरिकसँगै कोरोनाविरुद्ध अग्रपङ्क्तिमा खटिने स्वास्थ्यकर्मीसमेत संक्रमित हुने क्रम बढेको छ।

National life

गण्डकी प्रदेशमा मात्र तीन साताका अवधिमा तीन सय हाराहारीमा चिकित्सक र नर्सलगायतका स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्।

कोरोनाका बिरामीको उपचार हुँदै आएका पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र संक्रामक तथा सरुवा रोग अस्पतालका स्वास्थ्यकर्मी बढी संक्रमित छन्। कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन समुदायस्तरामा फैलिइरहेको अवस्थामा अग्रभागमा रहेर स्वास्थ्योपचार गर्ने स्वास्थ्यकर्मीसमेत संक्रमित भएपछि पोखरामा स्वास्थ्य र वातावरणको क्षेत्रमा काम गर्दै आएको नेलम्बो नेपालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पाँच जना स्टाफ नर्स सहयोग गरेको छ।

केही दिनअघि नेलम्बोले सरुवा तथा संक्रामक अस्पताललाई समेत चार जना स्वास्थ्यकर्मी सहयोग गरेको थियो। स्वास्थ्यकर्मी अधिकतम मात्रामा संक्रमित भइरहेको अवस्थामा स्वास्थ्य अस्पतालमा बिरामीको उपचारमा स्वास्थ्यकर्मीको अभाव सिर्जना नहोस् र नागरिकले सहजरुपमा स्वास्थ्योपचार सेवा प्राप्त गर्न सकुन् भन्ने उद्देश्यले आगामी छ महिनाको लागि पाँच जनाको स्वास्थ्य जनशक्ति  सहयोग गरिएको नेलम्बोले जनाएको छ।

जनशक्ति उपलब्ध गराउने सम्बन्धमा आइतबार नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटा र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीबीच सम्झौतापत्रमा हस्ताक्षर गरिएको छ। अध्यक्ष देवकोटाले हाल कोभिड १९ ले विश्वनै आक्रान्त भइरहेको अवस्थामा कोभिड-१९ अस्पतालमा स्वास्थ्यकर्मीको जनशक्ति अभाव नहोस र बिरामीको उपचारमा सहयोग गर्नका लागि जनशक्ति सहयोग गरिएको बताए। जनशक्ति सहयोगबापतको सबै खर्च नेलम्बोलेनै गर्ने बताइन्छ। 

Laxmi sunrise bank
kumari

प्रतिष्ठानका निर्देशक डा. खत्रीले नेलम्बो नेपालले कोभिड-१९ सम्बन्धी सुरुआती चरण देखिनै कोरोनासँग जुध्न र जोखिम न्यूनीकरणका लागि कार्य गर्दै आएकामा आभार व्यक्त गरे। पछिल्लो केही दिनयता संक्रमण बढ्दै जाँदा प्रतिष्ठानमा पनि स्वास्थ्यकर्मी सङ्क्रमित भएर स्वास्थ्य सेवा प्रवाहमा कठिनाइ भएको अवस्थामा मानवीय सेवाको कार्य गर्ने नेलम्बोको सहयोग महत्वपूर्ण रहेको बताए।

प्रकाशित: Jan 24, 2022| 09:55 सोमबार, माघ १०, २०७८
प्रतिक्रिया दिनुहोस्